सिंहदरवार घेराउ कार्यक्रम भोलि र पर्सि पनि निरन्तर
जेष्ठ २, २०७३- आदिवासी जनजाति तथा मधेसी दलहरुको संयुक्त मोर्चा संघीय गठबन्धनले सिंहदरवार घेराउको कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिने निर्णय गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा आइतबार साँझ बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिएका छन् । आइतबारदेखि सुरु भएको सिंहदरबार घेराउ कार्यक्रम सोमबार र मंगलबार निरन्तर रहने भएको छ ।