लुम्बिनीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र जारी गरिने
भैरहवा—पर्यटनमन्त्री आनन्द पोख्रेलले २५६० औं बुद्धजयन्तीको अवसरमा हुने दुइ दिने बौद्ध सम्मेलनको घोषणा पत्र लुम्बिनीमा प्रस्तुत गरीने बताएका छन्। आइतबार लुम्बिनीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोख्रेलले बौद्ध सम्मेलनको घोषणा पत्र बुद्धजयन्ती समारोहमा प्रस्तुत गरीने बताएका हुन्।
जेठ ८ गते लुम्बिनीमा आयोजना गरीने बुद्धजयन्ती समारोहलाइ भब्य रुपमा सफल पार्न सरकारले आवश्यक सम्पूर्ण तयारी अगाडी बढाएको र समारोहमा विदेशी पाहुना सहित ७ हजार बढी सहभागि गराईने उनले बताए।
भगवान गौतमबुद्धको जन्मका साथै बौद्ध दर्शनको सुरुवात लुम्बिनीबाटै भएको सन्देश प्रवाह गर्न बुद्धजयन्तीकै अवसरमा दुइदिने अन्तराष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरीएको मन्त्री पोख्रेलले बताए। यसअघि यहाँका स्थानीयले बौद्ध सम्मेलन पनि लुम्बिनीमै गर्नु पर्ने माग राखेका थिए। सरकारले बुद्धजन्म स्थल लुम्बिनीको उपेक्षा गर्दै बौद्ध सम्मेलन राजधानीमा गर्न लागेको भन्दै स्थानीयले बिरोध गरेका थिए। आइतबार लुम्बिनीमा गरीएको कार्यक्रममा पर्यटनमन्त्री पोख्रेलले स्थान भन्दा पनि सरकारले गर्ने निर्णय महत्वपूर्ण भएको उल्लेख गर्दै काठमाडौंमा गरीने हरेक निर्णय र कार्यले लुम्बिनीलाइ पहिलो प्राथमिकता राख्ने बताए।
अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र पारीएको पर्यटन मन्त्रालयका सचिव प्रेम बहादुर राईले बताए । सम्मेलनमा १८ बटा विदेशी र ६ वटा नेपालीले तयार गरेका बुद्ध दर्शन सम्बन्धि २४ वटा लुम्बिनी तथा कार्यत्रप प्रस्तुत गरिने सचिव राइले जानकारी दिए । कार्यक्रममा २६ राष्ट्रका ४ सय बढी बिदेशी पाहुना आउने तयारी भइरहेको उनले बताए। सम्मेलनले काठमाडौं–लुम्बिनी घोषणापत्र तयार गर्ने र सो घोषणा पत्र लुम्बिनीमा हुने २५६० औ बुद्ध जयन्ती समारोहमा प्रस्तुत गर्ने बताइएको छ । यही जेठ ८ गते शनिबार हुने बुद्धजयन्ती तथा लुम्बिनी दिवश २०७३ को तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा सरसफाई , रङ्गरोगन तथा प्रचार प्रसारका काम अन्तिम चरणमा पुगेको कोषले जनाएको हो।