हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए’ : भूकम्पपीडित

barpak

गोरखा, जेठ २ गते । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४÷१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस दिँदैनौं भने, पछि देख्लास् भन्दै इन्जिनियर उठे,” गोरखाको पालुङटार नगरपालिका–१ च्याङ्लीका भूकम्पपीडित होमनाथ पाण्डे आज जिल्ला प्रशासन कार्यालय आएर प्रजिअ नारायणप्रसाद भट्टसमक्ष गुनासो गर्दै हुनुहुन्थ्यो । उहाँका अनुसार घूस नपाएको झोँकमा इन्जिनियरले आफूसहित गाउँलेको नाम लाभग्राहीको सूचीमा छुटाइदिए् ।

नियतवश नाम छुटाउने इन्जिनियर अर्जुन शाहलाई कारबाही गर्नुपर्ने, पुनः तथ्याङ्क सङ्कलन गर्दै वास्तविक भूकम्पपीडितलाई घर बनाउन अनुदान रकम दिनुपर्ने माग गर्दै पालुङटार नपा–१, २, र ३ वडाका भूकम्पपीडित जिल्ला प्रशासन कार्यालयमा आएका छन् । गत शुक्रबार सार्वजानिक गरिएको अनुदान पाउने लाभग्राहीको सूचीमा आफ्नो नाम छुटेपछि गाडी रिजर्भ गरेर पीडित प्रजिअ भट्टकहाँ आएका हुन् । भूकम्पपछि घरबारविहीन पीडितसँग इन्जिनियरले पैसा माग्दै नाम छुटाएको भन्दै उनीहरु आक्रोशित भएका छन् ।

सूचीमा नाम नपरेका भूकम्पपीडितले सूची सार्वजानिक भएको एक साताभित्रमा प्रमाणसहित निवदेन दिनुपर्ने भने पनि गाविसमा निवेदन फाराम नपुगेको पानपा–३ का रत्नराज कँडेलले बताउनुभयो । “रातो कार्ड पनि पाएँ, सेतो पनि पाएँ,” उहाँले भन्नुभयो – “घर ढलेको छ । किन लाभग्राहीको सूचीमा नाम परेन रु” तथ्याङ्क सङ्कलन गर्न गएका इन्जिनियरको हेलचेक्र्याइँले गर्दा पीडितले दुःख पाएको उहाँले बताउनुभयो । च्याङ्ली क्षेत्रका करिब ३०० पीडित आफ्नो नाम छुटेको भन्दै प्रशासन कार्यालय आएका हुन् ।

प्रजिअ नारायणप्रसाद भट्टले सूचना प्राप्त नहुँदा घूस मागेका इन्जिनियरलाई कारबाही गर्न नसकिएको बताउनुभयो । “भूकम्पपीडितसँग घूस मागेको सूचना पाएको भए हामी जो, कोहीमाथि पनि कानुनअनुसार कारबाही गथ्र्यौं,” उहाँले भन्नुभयो । गाउँमा मात्रै घर भएका गरिब पीडितको नाम सूचीमा नआएको भन्दै उनीहरुले काठमाडौँ, पोखरा, चितवनमा घर बनाएकाको नाम सूचीमा आएको दाबी गरेका छन् । गाउँ–गाउँ पुगेर भूकम्पले भत्काएको घर, घरमूलीसहित आर्थिक तथा सामाजिक तथ्याङ्क सङ्कलन गरेको इन्जिनियरले बताए पनि सार्वजानिक भएको तथ्याङ्कको चौतर्फी विरोध हुँदै आएको छ ।

जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले इन्जिनियरको मोबाइल नम्बर दिन नमिल्ने बताउँदै भन्नुभयो – “इन्जिनियरलाई थ्रेट हुन सक्ने भन्दै माथिबाट इन्जिनियरको नम्बर नदिनू भन्ने निर्देशन छ ।” तथ्याङ्क सङ्कलनका क्रममा कोही इन्जिनियरले पीडितसँग कानुन विपरीत घूस मागेको र पीडितको नाम छुटाइदिएको भए छानबिन हुने उहाँले बताउनुभयो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले ढुङ्गा, माटोले बनेका सबै घर पूर्ण ध्वस्त भएको भन्दै राहत दिने निर्णय गरेको भए पनि पुनःनिर्माणको क्रममाः अनुदान वितरणको प्रक्रिया सुरु हुँदा ढुङ्गा, माटोले बनेका घर छुटेका छन् । जिल्लाको हंसपुर, मुच्चोक, बारपाक, लाप्राक, गुम्दा, सौरपानी र नारेश्वरमा पुनः निर्माणमा अभियानको सुरुवात गरिए पनि ती ठाउँमा सयौँ भूकम्पपीडित छुटेको बताइएको छ । यसअघि धुवाँकोट क्षेत्रका भूकम्पपीडित नाम छुटेको भन्दै गाडी रिजर्भ गरेर प्रशासन कार्यालय आएका थिए । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution