हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा नेपालीहरु कामदारहरु खुशी छन् …..

caregiver -israel

जेष्ठ २, २०७३- बैदेशिक रोजगारीको आकर्षक मुलुक मानिएको इजरायलमा नेपाली भन्दै नेपाली भाषीहरु आउन थालेपछि यहाँ रहेका नेपालीहरुमा चिन्ता छाएको छ । नेपाली भाषीहरु अन्य मुलुकमा पनि रहेको र त्यहाँबाट आउने गरेका छन ।

नेपालमा भित्रने रकम उनीहरुले आफ्नो मुलुक लैजादा नेपाललाई आउने रकम अन्यन्त्र गएकोमा यहा रहेका नेपालीहरु चिन्तित बनेका छन । सन् २००१ देखि बैधानिक रुपमा इजरायलमा नेपाली कामदार आउन थाले पनि त्यसको तीन–चारबर्ष पछि रोकिएको थियो । जसले गर्दा बीचमा निकै धेरै नेपाली भाषीहरु अन्य देशबाट प्रवेश गरे । लामो प्रयासपछि बैशाखदेखि सरकारीस्तरबाट नै नेपालीहरु इजरायल भित्रन थालेका छन् ।

पहिले आएकाहरुले दलाललाई मोटो रकम तिरेको भन्दै उजुरी गरेका थिए । उनीहरुको उक्त विषय अदालतसम्म पुगेपछि नेपालबाट सरकारीस्तरमा मात्र ल्याउन पाउने निर्णय अदालतले गरेको थियो जुन इजरायल सरकारको लागि समेत नौलो निर्णय थियो । जसले गर्दा सरकारी स्तरबाट ल्याउने काममा ढिलाई भयो र नेपालीले पाउने काममा अन्यको पहुँच बढ्दै गयो ।

लामो कूटनीतिक पहलपछि प्रक्रिया अघि बढेर अहिले पहिलो लटको १४ नेपाली कामदार इजरालय आइसकेका छन् । छानिएका ५९ मध्ये उनीहरु आइपुगेका हुन । बाँकी ४५ जेठ महिनाभरमा नै आउने हुनाले उनीहरुलाई दिइने काम र स्थान छान्ने काम इजरायली सरकारको एजेन्टले गरिरहेको दूतावास अधिकारीहरुले बताए ।

यसरी सरकारी स्तरबाट भएको उक्त कामको पहिलो प्रयास सुरु भएपनि त्यो मोडल सफल हुने या नहँुने अझै टुंगो लागेको छैन् । तर, अन्य मुलुक बाट यहाँ नेपालीले गर्ने जस्तै कामको लागि आइरहेका छन् । फिलिपिन्स, भारत, थाइल्याण्ड र श्रीलंकाबाट कामदारहरु आइरहेका छन् । तर नेपालबाट सरकारी स्तरमा ल्याउने भएकाले पनि सोचे अनुरुपकको कामदार आउन पाएका छैनन् । धेरै खर्च गरेर भए पनि नेपालीहरु आएका थिए तर अहिले खर्च नलाग्ने भए पनि आउन भने नपाउदा रकम गुमेको चिन्ता उनीहरुमा छ । आफ्नै दिदी बहिनीहरुले कमाउने रकम अन्यत्र गएकोमा उनीहरु चिन्तित भएका हुन् ।

यसरी उनीहरुले चिन्ता लिनुको मुख्य कारण हो यहाको कमाई । इजरायलमा कार्यरत नेपाली कामदारहरु अधिकांश आफ्नो काममा मात्र होइन उनीहरुको कमाईमा समेत सन्तुष्ट देखिएका छन् । काठमाडौं सिन्धुपाल्चोक स्थायी घर र हाल गोठाटारकी रश्मी केसी भन्छिन, ‘यहाँको काम र कमई प्रति मेरो कुनै गुनासो छैन् । महिना एक लाख बढी सबै नेपालीले बचाउन सक्छन् । राम्रै खर्च गर्नेहरुले पनि ।’

त्यो भन्दा कम कसैको कमाई हुदैन सहज परिवार र कामको स्किृत समेत दिएमा र बाहिर कामका मौका मिलेकाहरुले तीन लाखसम्म कमाउने उनी सुनाउछिन् । छोरा नेपाली सेनाको अधिकृत र छोरीलाई अस्ट्रेलियामा पढाइरहेकी उनको काम र कमाई प्रति कत्ति पनि गुनासो छैन, उनले भनिन । वैदेशिक रोजगारीको क्रममा आठ बर्ष देखि इजरायलको कार्फसभा (हर्जेलिया) नजिकै रहेकी केसीको काम बोल्नै नसक्नी बृद्धा स्याहार गर्ने हो । त्यस्तै जेरुसेलममा भेटिएकी उमा कार्की बताउने एक नेपाली भाषिले राष्ट्र संघ कार्यालय नजिकको बाटोमा व्हिल चियरमा एब बृद्धलाई ल्याउदै थिइन । उनले पनि आफू यहाँको काममा सन्तुष्ट रहेको बताइन । धेरै बोलिरहने एक इजरायली बृद्धालाई हेर्ने जिम्मेवारी उनको रहेछ । उनले पनि ति बृद्धाले भनेको र यहाँको निकायले छुट दिएको कार्यमा सम्लग्न हुने घुमाउने, खुवाउने नुहाउने जस्ता कार्य गरिदिन पर्ने बताईन । उनी नेपाली भाषि थिइन।

काठमाडौं नैकापकी माला खनाल, विगत १० वर्षदेखि इजरायलको तेलअविवमा केअर गिभरको रुपमा कार्यरत छिन । उनले पनि आफ्नो काम र कमाई प्रति खुशीब्यक्त गदै भन्छिन, ‘म मेरो काम र कमाईमा गुनासो गर्दिन । बृद्धालाई स्यहार गर्नपर्ने भनेर आएको त्यही काम गरेको छु । यसमा म सन्तुष्ट छु । काममा गुनासो छैन । धेरै भन्दा धेरै हामी जसता दिदी बहिनी ल्याउन सके यहाको पैसा नेपाल जाने थियो । यसतर्फ निकायको ध्यान जाओस ।’

यसरी केयरगिभरमा काम गर्ने नेपालीहरु इजरायलमा बैधानिक तवरले ६ हजारको आसपास छन् भने अन्य बाटोबाट नेपाली भनेर आएका समेत जोड्ने हो भने ९ हजार बढि पुग्छन् । उनीहरु हरेक शुक्रवार र शनिवार इजरायलको तेलअविव स्थित ताकाना माकाजिमा रहेको नेपाली पार्कमा जाने एक अर्का बिच भेट गर्ने प्रचलन रहेको बताए । इजरायलमा महिला कामदार बढि रहेको भएपनिअहिले पुरुष कामदार पनि रहेका छन् । २० प्रतिशत पुरुष कामदार पनि रहेका छन् ।

उनीहरुको काम र बसाई पनि स्तरीय नै रहेको छ । खाडी मुलुकको तुलनामा इजरायलवाट नेपालले संख्यात्मकरुपले कम भएपनि गुणात्मकरुपले ठुलो हिस्सा रेमिट्यान्स भित्र्याउने गरेका छन । अहिले भर्खरै खुुलेको नेपाली कामदारलाई निरन्तरता दिएमा बर्षमा २ हजार भन्दा बढी कामदार आउन सक्ने अधिकारीहरु बताउँछन । इजरायलका लागि नेपाली राजदूत प्रल्हाद प्रसार्इँले पनि लामो प्रयास र पहलपछि खुलेको यो कामलाई अघि बढाउन सकेमा वर्षको दुई हजार नेपाली इजरायल आउने बताबरण बन्ने बताए ।

कान्तिपुरसंगको कुराकानीमा उनले भने, ‘अब हामीले ढिलाई गरेमा अन्यत्रबाट पनि उनीहरुले यस्ता कामदारको पहल गर्छन । यहाँ रहेका नेपालीहरु अधिकांश आफ्ना काम र कमाईमा सन्तुष्ट छन भने हामीले रोजगारीमा ल्याउनको लागि जोड गर्न आवश्यक छ । त्यो गरिरहेका छौ ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution