संघीय गठबन्धनको आन्दोलनप्रति नयाँ शक्तिको ऐक्यबद्धता
काठमाडौं– मधेसी र जनजाती दलहरु मिलेर बनेको संघीय गठबन्धनले सिंहदरबार घेराउ गरिरहँदा बाबुराम भट्टराईले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
भट्टराईले आज एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत समुदायका माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नभएको बताएका छन् ।
विज्ञप्तीमा मधेसी जनजाती समुदायले उठाएका मागहरु जायज भएको भन्दै तत्काल सुनुवाई गर्न सरकारसँग भट्टराईले आग्रह गरेका छन् ।
विज्ञप्तीमा संविधान जारी भएको लामो समय बितिसक्दा पनि उत्पीडित जनताले संविधानलाई आत्मसाथ गर्न नसक्नु तथा सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु दुखद भएको पनि उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘संविधान जारी भएर यतिका समय हुँदा पनि उत्पीडित जनताले संविधानलाई आत्मसात गर्न नसक्नु साथै सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु धेरै दुःखपूर्ण छ । मुलुकलाई लामो समय यस्तो अवस्थामा राख्नु गम्भीर कुरा हो । त्यसैले संविधानलाई बनाउनुको विकल्प छैन ।