सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमको (फोटो फिचर)
संविधानका केही बँुदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत राजधानीको यातायात अस्तव्यस्त बनेको छ । आज बिहानैदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलाम २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताको धर्नाले सो क्षेत्रमा यातायात अवरुद्ध बनेको हो ।
सिंहदरबार वरपर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ छन् भने आन्दोलनकारीले झन्डासहित नारा लगाइरहेका छन् । धर्नामा गठबन्धनका नेता राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव लगायत सहभागी हुनुहुन्छ ।
(फोटो:सामाजिक संजाल फेसबुक मार्फत संकलन)