हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सङ्घीय गठबन्धनको सिंहदरबार घेराउले राजधानीको यातायात अस्तव्यस्त

संघीय गठबन्धन आन्दोलन

काठमाडौँ, जेठ २ गते । संविधानका केही बँुदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमले राजधानीको यातायात अस्तव्यस्त बनेको छ । आज बिहानैदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलाम २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताको धर्नाले सो क्षेत्रमा यातायात अवरुद्ध बनेको हो ।

सिंहदरबार वरपर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ छन् भने आन्दोलनकारीले झन्डासहित नारा लगाइरहेका छन् । धर्नामा गठबन्धनका नेता राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव लगायत सहभागी हुनुहुन्छ ।

सो क्षेत्रमा भएको यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जान बाध्य छन् । सिंहदरबार क्षेत्रमा आन्दोलनकारीको धर्नास्थलतर्फ जबर्जस्ती जान खोज्ने सवारीका कारण यातायातका साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।

सरकारले आन्दोलनकारीलाई आन्दोलन तथा विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न आग्रह गर्दै प्रचलित कानुन विपरीत क्रियाकलापमा संलग्न व्यक्ति र समूहलाई हदैसम्मको कारबाही हुने जनाएको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि प्रदेश सीमाङ्कनको विषयलाई लिएर असन्तुष्ट मधेसकेन्द्रित दलले सुरुमा नेपाल भारत सिमानामा आन्दोलन गरेका थिए । सिमानाको आन्दोलनले अत्यावश्यक वस्तुको आपूर्तिमा असहज भई जनताको दैनिकीमा कठिनाइ भएको बताई गठबन्धनले सिंहदरबारकेन्द्रित आन्दोलन गरेको जनाएको छ ।

यसअघि गठबन्धनले शनिबार राजधानीको ठमेलमा आमसभा गरेको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution