भगवान बुद्धको महत्पूर्ण १५ सुत्रहरु
भगवान बुद्धका महत्पूर्ण १५ सुत्रहरु , जसलाई लागु गर्न सकेमा हामीले सफलता र शान्ति महशुस गर्न सक्छौ |
१. फुलको सुगन्ध हावाको बिपरित कहिले जाँदैन तर मानवको सद्गुणको सुगन्ध चारै तिर फैलिने गर्छ |
२. तीन वटा चिजलाई लामो अवधिसम्म लुकाएर लुकाउन सक्किन त्यो हो – घाम ,जुन ,सत्य |
३. हजार बीर योद्धाहरु माथि विजय पाउनु सहज हुन्छ तर आफुले आफु माथि विजय प्राप्त गर्नु सबै भन्दा ठुलो र साँचो विजय हुन्छ |
४. हाम्रो कर्तब्य – आफ्नु शरीरलाई स्वास्थ्य राख्नु ,शरीर स्वास्थ्य नरहे हाम्रो मनलाई सक्षम र शुद्ध राख्न सकिंदैन |
५. हामी हाम्रो विचारबाट /प्रभावित परिवर्तित हुने गर्छौ | हामी जे सोच्छौ त्यही बन्छौ|
६. हजारौ दियोलाइ एउटै दियोबाट बाल्न सकिन्छ | त्यो एउटा दियोको प्रकाश कहिले कम हुदैन त्यसतै खुशी जति बाँढे पनि कहिले कम हुदैन |
७.अप्रिय शब्द पशुलाई पनि सुहाउदैन |
८.गरिबी सबै जटिल कुरामा निहित हुन्छ तर परिश्रमको साथ प्रयासरत रहनु पर्छ|
९. तिमीलाई जति प्राप्त हुन्छ त्यसको धेरै मुल्यांकन नगर | अरुको प्राप्तिमा कहिले आरिस / ईर्ष्या नगर्नु , जसले ईर्ष्या गर्छ,उसलाई कहिले शान्ति हुदैन |
१०. भुत कालमा आफ्नु ध्यान केन्द्रित नगर , भविष्य कालको सपनामा हराउने हैन मात्र बर्तमान कालको हरेक क्षण माथि आफ्नु ध्यान केन्द्रित गर |
११. जति पवित्र शब्द बोले पनि पढे पनि जब सम्म त्यो पवित्र शब्दको प्रयोग आफ्नु दैनिकी जीवनको ब्यबहारमा लागु हुँदैन , त्यो पवित्र शब्द पढेर ,बोलेर कुनै अर्थ राख्दैन |
१२. मानिसको इच्छा नै दु:खको मूल कारण हो |
१३.उम्लिन्दै गरेको पानीमा आफ्नु प्रतिबिम्ब देख्न सकिंदैन,त्यसैगरी क्रोधको बेला के सहि हो के गलत हो भन्ने कुराको ज्ञान हुदैन |
१४. जागृत भएर जिउने मानिसलाई मृत्यु देखि पनि डर लाग्दैन |
१५.जो व्यक्तिले ५० जनालाइ माया गर्छ ,५० वटा दु:खबाट नजिक हुन्छ |जसले कसैलाई माया गर्दैन ,उसलाई कुनै संकट हुदैन |
-दिप्मा तामाङ , इजरायल (खोजमुलक लेख)