बहराईनमा २५६० औ बुद्ध जयन्ती भव्यताको साथ मनाउने
बहराईनमा बिश्व शान्तीका अग्रदुत महामानव तथा एसिया तारा गौतम बुद्वको २५६० औ जन्म जयन्ति भव्यताको साथ मनाउने भएको छ |’बुद्धिस्ट ४ महिनाको १५ तिथि अर्थात् २१ मे २०१६’ का दिन बुद्ध जयन्ती भएतापनि प्रवासको समय अनुकुल एकदिन अघि २० मे २०१६ (शुक्रबार ) बिहान ०९:०० बजे बाट दिउँसो ०३:०० बजे सम्म T.H.M.C Auditorium सभाहल मानामा बहराईनमा मनाउने भएको छ |
“बुद्ध नेपालमा जन्मिनु भएको हो ” भन्ने सत्य कुरालाई विश्वभरी फैल्याउने उद्धेश्यले बहराईनबासी तामाङहरुले विशेष रुपमा प्राथमिक्ताका साथ २००९ देखी नै मनाउँदै आईरहेका बुद्ध जयन्ति कार्यक्रम यसपाली भने बहराईन तामाङ सेवा समाज र नेप्लिज वेल्फेर सोसाईटी बहराइनले मिलिजुली सयुक्त रुपमा धुमघामका साथ मनाउन लागेको हो |
कार्यक्रममा बौद्ध धर्मअनुसार लामागुरुबाट बुद्ध भगवानको नाममा पाठपुजा गरी टिका आशिर्वाद ग्रहण गरी पुजा प्रशाद र नेपाली खानाको परिकारको व्यवस्था रहने भएको छ |
बहराईनवासी सम्पुर्ण बौद्ध धर्म मान्ने र बुद्ध हाम्रो हुन् भनि माया गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजक द्वारा कार्यक्रममा सहभागी हुना सबैलाई हार्दिक निमन्त्रण गरेको छ |
नोट: थप जानकारीको लागि सम्पर्क नम्बरहरु
कबिन ब्लोन तामाङ – ३३३६६५७३
सोनम दोङ तामाङ – ३६१३८२२९
अनिल योन्जन तामाङ – ३६३०६२४७
श्रावण मिक्चन तामाङ – ३६८७९७१८
मिलन तामाङ – ३६८७८६७३
यादब देबकोटा – ३७७९५६१८
सालीग्राम पन्त – ३६१६२०००
मोहम्मद खुसुदिन – ३३५३७०७७
हिमाल घिमिरे – ३५६१३३९६
बिरेन्द्र बुढाथोकी – ३६८१७५५७
तेने राज दोङ तामाङ – ३३६३६६७५