हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

पुर्व राजा ज्ञानेन्द्र शाह र नरेन्द्र मोदी बीच गोप्य वार्ता

gm

काठमाडौं । नेपाली राजनीतिको पर्दा अगाडि सरकार गिराउने र टिकाउने खेल हुँदैछ तर पर्दा पछाडि अर्कै भयानक खेल भइरहेको छ । झलक्क हेर्दा असम्भव झैं लाग्ने एउटा डरलाग्दो खेलले नेपाली राजनीतिमा टाउको उठाउन थालेको छ । सो खेल अनुसार नेपालमा राजतन्त्र पुनरस्थापित गर्ने होइन, सम्राटतन्त्र स्थापित गरिनेछ । हिजो राजा थिए, अब सम्राट हुनेछन् । सम्राटका रुपमा ज्ञानेन्द्र शाह र हृदयेन्द्र मध्ये को हुन्छन् थाहा छैन तर यही वंशबाट नेपालमा ‘सम्राट’ स्थापित गर्ने ग्राण्ड डिजाइन बनिरहेको छ । यही डिजाइन अनुसार २०७३ बैशाख १६ गते पूर्वराजा ज्ञानेन्द्र अचानक भारत गए । दुई रात दिल्ली बसे । अनि ठूलो उत्साह र सपना बोकेर नेपाल फर्किए ।

पूर्व राजा ज्ञानेन्द्र दिल्ली गएको हाराहारीमै नेपालबाट पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाओवादीका शक्तिशाली नेता कृष्णबहादुर महरा पनि भारत गएका थिए । नेपालको जल्दाबल्दा र निर्णायक पार्टीका यी नेताहरूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेनन् तर पूर्वराजा ज्ञानेन्द्रसंग भने गुप्त रुपमा भेटे । ज्ञानेन्द्र शाह निकटहरू बताउँछन्– पूर्वराजा अहिले अत्यन्तै उत्साही भएका छन्, राजाका रुपमा विदा भएका थिए, अब सम्राटका रुपमा फर्किने बातावरण बन्दैछ । स्रोतहरू भन्छन्– भारतको यसपटकको भ्रमणपछि चाहिं ज्ञानेन्द्र शाह अन्त्यन्तै आशावादी भएका छन् ।

सत्ता र सम्राटको खेल

यता काठमाडौंका कोठाचोटामा सत्ता परिवर्तनको खेल चलिरहँदा उता भारतमा चाहिं नेपालमा हिन्दू राष्ट्र र सम्राटको आगमनको खेल चलिरहेको थियो । ओली सरकार हटाउन भारतले चाल चलेको एमाले नेतृत्वले टिप्पणी गरिरहँदा सत्ताको खेलमा भारत पराजित भयो भनिंदैछ । तर, भारतका लागि, खासगरी नरेन्द्र मोदी नेतृत्वको भारत सरकारका लागि सत्ताको खेल प्राथमिकताको मुख्य विषय रहेन । विश्वस्त स्रोतका अनुसार, उसले राजतन्त्र होइन सम्राटतन्त्र स्थापित गर्ने, सम्राटतन्त्रको साथमा हिन्दू राज्य बनाउने ब्यूह रचना गर्दैछ । हिन्दू सम्राट स्थापित गरिएको प्रचार भारतमा समेत गरेर भारतमा हिन्दूत्वलाई मनोवैज्ञानिक रुपमा समेत बलियो बनाउने प्रयास मोदीले गरिरहेका छन् । पूर्व महाराजा ज्ञानेन्द्र शाह निकट एक स्रोतले भन्यो– राजनीतिक रुपमा भुटानी अनुहारको नेपालको सम्राट बनाउने तर मनोवैज्ञानिक, सांस्कृतिक, सामाजिक र धार्मिक रुपमा भारतको समेत हिन्दू सम्राटका रुपमा शाहवंश उदाउन लागेको छ । उनको यो भनाई निकै अर्थपूर्ण र दूरगामी प्रकृतिको छ ।

सत्ताको खेलमा भने केपी ओलीले जितेका छन् । भीरको छेउमा पुगेर गुल्टिनबाट ओली सरकार जोगिएको छ । सरकार जोगिए लगत्तै नेपाल भारत सम्बन्ध झनै चिसिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो भारत भ्रमण रद्द भएको छ । भारत भ्रमण रद्द हुनुमा हिन्दूत्व पनि एक कारक रहेको बताईंदैछ । राष्ट्रपति जाने उज्जैनको कुम्भमेलामा अर्कै राजनीतिक तयारी भइरहेको सरकारले खबर पायो । कुम्भमेलामा राष्ट्रपति जाने तर त्यहाँ राजतन्त्र पुनरस्थापना र हिन्दू राष्ट्र नेपाल निर्माणको नारा र कार्यक्रम हुनेवाला थियो । नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि उज्जैनबाट विशेष अभियान चलाइने भएको छ । यसका लागि उज्जैनमा ब्यापक तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले पनि समाचार दिएका छन् ।

स्रोतका अनुसार, उज्जैनमा २०७३ जेठ ५ गते हिन्दू महासम्मेलन हुन लागेको छ । पाइलट बाबाको क्याम्प नजिकै महासम्मेलनका लागि पण्डाल तयार भइरहेको छ । उक्त कार्यक्रममा सहभागिताका लागि पूर्व राजा ज्ञानेन्द्र शाह र अयोध्या राम मन्दिर आन्दोलनका प्रमुख महन्त नृत्य गोपालदासलाई निम्ता पठाइएको पनि थाहा भएको छ ।

एजेन्सीहरूको पनि चलखेल

नेपालमा राजतन्त्र पुर्नस्थापनाका लागि भारतीय एजेन्सीहरू पनि सक्रिय हुन थालेको बुझिन्छ । विगतमा भारतीय जनता पार्टीको मात्र एजेण्डा ठानिएको हिन्दू राष्ट्रको मुद्दालाई भारत सरकारको आधिकारिक संस्थाले पनि भित्रभित्रै बोक्नु र अगाडि बढाउनु अर्थपूर्ण मानिएको छ । स्रोतको दावी छ– दुई रात भारत भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘रअ’का पूर्व प्रमुखहरूसंग पनि भेट गरेका छन् । भ्रमणमा ज्ञानेन्द्र शाहले एकजना अंगरक्षक पनि लगेका थिए । स्रोत भन्छ– ज्ञानेन्द्र शाहलाई मोदीले नै निम्ता गरेका थिए । नयाँ दिल्लीमा पूर्व महाराजा ज्ञानेन्द्र शाह ताज होटलमा र सागर तिमिल्सिना अशोका होटलमा बसेका थिए । उनीहरू दुईजना बेग्लाबेग्लै होटलमा बस्नुलाई पनि अनौठो मानिएको छ । निजी सचिवलाई पनि सबै भेटघाटको जानकारी नहुने व्यवस्था ज्ञानेन्द्र शाहले मिलाएका थिए । दिल्ली भ्रमणबाट ज्ञानेन्द्र कति खुसी भए भने फर्किए लगत्तै त्रिशुली नदीमा र्‍याफ्टिङ गर्न परिवार लिएर गएका थिए । साथमा थिए तिमिल्सिनिा पनि ।

संविधान भत्काएर सम्राट

यो संविधान अनुसार, हिन्दू राज्य बनाउन सकिए पनि सम्राट स्थापित गर्न सकिन्न । सम्राट बनाउने हो भने संविधान भत्काउनुपर्ने हुन्छ । यो संविधान कार्यान्वयन नै गर्न नदिने पक्षमा भारत रहेको स्रोतहरूको दावी छ । संविधान कार्यान्वयनका लागि प्रादेशिक संरचना निर्माण अपरिहार्य छ । त्यसबाहेक अन्य किसिमका संघीय संरचनाहरू निर्माण गर्नैपर्ने हुन्छ । यी सब कामको कुनै तयारी छैन । प्रधानमन्त्री र मन्त्रीहरूले आउँदो मंसीरमा स्थानीय चुनाव गर्ने भनेका छन् तर यो काम सजिलो छैन । अब भारत चुनाव गर्न दिने पक्षमा हुने छैन । यहाँको विभिन्न पक्षलाई उचालेर चुनाव विथोल्न भारतले कुनै कसर बाँकी राख्ने छैन ।

राष्ट्रपतिको भारत भ्रमण रद्द र भारतका लागि नेपाली राजदूतको फिर्ता प्रकरणले फेरि क्रुद्ध भएको भारतले राजनीतिक कोर्ष नै भत्काउन चाहेको देखिन्छ । यो राजनीतिक कोर्ष भत्काएर के गर्ने त ? भारतीय समाधान हो सम्राटतन्त्रको स्थापना र राजतन्त्रको पुनरस्थापना गर्ने । भारतले चाहे जस्तो यो काम सजिलो भने छैन । यस्तो भित्री प्रपंचले नेपाललाई थप अस्थिर बनाउने चिन्ता बौद्धिक जगतमा बढेको छ । नेपालले फेरि महासंकटको सामना गर्नुपर्ने संकेतहरू दक्षिणतिरबाट आइरहेका छन् ।@विक्लीनेपाल |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution