नाबालिकालाई २ बर्ष देखि यौन शोषण गर्दै आएका व्यक्ति पक्राउ
सप्तरी, वैशाख ३१ – दुई वर्षदेखि नाबालिकाको यौन शोषण गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यौन शोषण गर्दै आएका सप्तरीको कञ्चनपुर नगरपालिकाका ३७ वर्षीय उपेन्द्र दास तत्मालाई प्रहरीले पक्राउ गरेको हो ।
गत मंगलबार २ बजेतिर बकधुवा गाविस ७ स्थित एक घरबाट १३ वर्षीया बालिकासँग आपत्तिजनक अवस्थामा रहेका उनलाई स्थानीयले फेला परेका थिए ।इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक गौरव महतले तत्माबिरुद्व जबर्जजस्ती करणी मुद्दा चलाइएको जानकारी दिएका छन् ।
उनलाई वैशाख २८ गतेदेखि ७ दिनको म्याद थप गरिएको र हाल इलाका प्रहरी कार्यालय भारदहमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उपेन्द्रसँगै आपत्तिजनक अवस्थामा फेला परेकी बालिकालाई भने परिवारको जिम्मा लगाइएको छ ।
उपेन्द्रले ती बालिकालाई ललाईफकाई गरेर विगत दुई बर्षदेखि यौन शोषण गर्दै आएका थिए ।