के म तिम्रो होइन र – आज देखि प्रदर्शन
३१ वैशाख २०७३ |चलचित्र ‘कोहिनूर’को चर्चित गीतको मुखडालाई शीर्षक बनाएर निर्देशक आकाश अधिकारीले निर्माण एवं निर्देशन गरेको चलचित्र ‘के म तिम्रो होइनर ?’ आज शुक्रबार प्रदर्शन भएको छ |
चलचित्रमा नयाँ अनुहार आर्यन अधिकारी तथा मरिष्का पोखरेलको लभ केमेस्ट्री हेर्न पाइनेछ । चलचित्र ‘के म तिम्रो होइनर ?’ प्रेमकथामा आधारित छ । प्रेममा परेका एक जोडीबीच आउने पारिवारिक तथा सामाजिक बाधा अनि ती बाधाहरूलाई पन्छाउँदै आफ्नो प्रेमलाई सफल दिशातर्फ अघि बढाउने प्रयत्नमा लागेको प्रेमजोडीको संघर्ष नै यो चलचित्रको मूल कथा हो । पुराना अभिनेत्रीहरू गौरी मल्ल तथा मिथिला शर्माको पनि महत्त्वपूर्ण भूमिकारहेको चलचित्र ‘के म तिम्रो होइनर ?’ मा नायक आर्यन अधिकारीबाट लभरब्वाइको भूमिकाका साथै एक्सन पनि गराइएको छ ।
वसन्त सापकोटार ताराप्रकाश लिम्बूको संगीतको ‘के म तिम्रो होइनर ?’ मा नवराजकृष्ण थापाको छायांकन, वसन्त श्रेष्ठ तथारेनेशाराईको नृत्य निर्देशन एवं हिमाल केसीको द्वन्द्व निर्देशन छ ।