धर्म भनेको के हो ? यसको अर्थ के हो त ?
धर्मको ठेट अर्थ ब्याख्या गर्ने छ्योइ पुस्तकहरु त धेरै छन् यहाँ हाम्रो छ्योइ (बौद्धधार्मिक पुस्तक)मा भनिएको भनाई अनुसार अर्थात हाम्रो छ्योइमा लेखिएको लेखाई अनुसार धर्म भनेको समाउनु हो । समाउनु भनेको के हो त भन्दा दुखको भव सागरमा डुबिएका आफ्नो पुर्व जन्मको कर्म क्लेस अनुसार असहनिय दु:ख कष्ट पिर ब्यथा इत्यादी भोग्दै आएका र भोग्न बाध्य भएका सर्व दु:खी प्राणीहरुलाई उत्तम उपायको प्रयोग द्वारा उद्धार गर्नु हो र उद्धार गर्ने जिम्मेवारी आफुले लिनु हो र आफुले समाउनु हो ।
बुद्ध धर्म भनेको के हो त ?
पाप कर्म कहिल्यै नगर्नु,
पुन्य कर्म सन्चय गर्नु,
आफ्नो मन लाई बनय बनाउनु,
यहि बुद्ध धर्म हो र यहि बुद्धको उपदेश हो ।
– रिग्छयुङ्वा पाल्देन योञ्जन तामाङ