तामाङ घेदुङको भवन निर्माणार्थ ३ लाख सहयोग
काठमाडौँ – नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ र औधोगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा काठमाडौको खुल्लामञ्चमा भएको ११ दिने सम्म चलेको ’प्रथम खुल्ला मञ्च औधोगिक व्यापार मेला २०७३’ समापन भएको छ । समापन समारोहको सभापतित्व नेपाल राष्ट्रिय तामाङ घेदुङ सँघका अध्यक्ष बिर बहादुर योञ्जनले गरेका थिए । नेपाल राष्ट्रिय तामाङ घेदुङ सँघको भवन निर्माण सहयोगार्थ गरिएको उक्त मेलाको समापन समारोहमा मेलाबाट उठेको रकम मध्ये ३ लाख रुपैया भवन निर्माणाार्थ सहयोग गर्ने प्रतिवद्धता औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले गरेका छन् ।
विभिन्न समस्या र बाधा अड्चनको बाबजुद पनि सफल रुपमा मेलाको ब्यबस्थापन गर्न र लाखौको संख्यामा आएका दर्शक हरुलाई मनोरंजनको साथमा साना ब्यबसायी हरुलाई रोजगारी दिन सफल भएकोमा औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत खुसि छन् साथै मेला सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी सस्था तथा सहयोगी साथि हरुलाई अध्यक्ष महतले धन्यवाद समेत दिएको समाचार डिसीनेपालमा छ |