हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एन्फालाई नयाँ कार्यसमितिको निर्वाचन गर्न फिफाको निर्देशन

FIFA

काठमाडौँ, २८ वैशाख । विश्व फुटबलको सर्वोच्च निकाय (फिफ) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अध्यक्षको नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ । फिफाद्वारा आज पठाइएको पत्रमा केही समयअघि निलम्बनमा परेको पदाधिकारीलाई समेत समेटेर नयाँ कार्यसमितिको निर्वाचन गर्न निर्देशन दिएको हो ।

झण्डै दुई दशक बढी एन्फामा अध्यक्ष रहेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयाङ्क जरिबानाको निर्णय गरेको थियो । ‘इथिक्स कमिटी’को त्यस निर्णयमाथि थापाले गरेको अपिल पनि फिफाले खारेज गरेको थियो । त्यसपछि फिफाले रिक्त रहेको अध्यक्ष पदकमा निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको हो । थापा प्रतिबन्धमा परेपछि मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्ष हुनुहुन्छ ।

फिफाले पत्रमा आगामी जेठ १० गतेभित्र निलम्बनमा परेका तीनजना उपाध्यक्ष र एक सदस्यलाई समेत पुर्नबहाली गर्न निर्देशन दिएको छ । एन्फाले कार्यसमिति बैठकमा लगातार चार पटक अनुपस्थित रहेको भन्दै एन्फा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पङ्कज नेम्वाङलाई एन्फाले निलम्बन गरेको थियो ।

एन्फा नेतृत्वविरुद्ध आन्दोलनरत तीन उपाध्यक्ष शेर्पा, मानन्धर र राई तथा सदस्य नेम्वाङलाई कार्यसमितिले असोज ११ मा साधारण सभासम्म निलम्बन गरेको थियो ।

शेर्पाको नेतृत्वको फुटबलकर्मीहरूको समूहले हाल फिफाबाट भ्रष्टाचारको अभियोगमा १० वर्षे प्रतिबन्ध भोगिरहेका एन्फा अध्यक्ष गणेश थापा तथा एन्फाविरुद्ध सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । एन्फाले फुटबलको विषयलाई अदालत लगेको, लगातार तीन कार्यसमिति बैठकमा अनुपस्थित भएको लगायतका कारण देखाउँदै चार पदाधिकारीलाई साधारणसभा नभएसम्मभन्दै निलम्बन गरेको थियो ।

एन्फालाई नयाँ निर्वाचन गर्न निर्देशनसहितको पत्र आज प्राप्त भएको बताउँदै प्रवक्ता एवम् प्रमखु कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भन्नुयभो, “पत्रमा नयाँ निर्वाचन गर्न भनिएको छ, यस विषयमा हामी कार्यसमिति बैठकमा राखी छलफल गर्नेछौँ ।”

अहिले फिफा कार्यबाहक नरेन्द्र श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधानलगायतका पदाधिकारी मेक्सिकोमा हुने फिफाको ६६ औँ कांग्रेस बैठकका लागि मेक्सिको जानुभएकाले उहाँहरू फर्केपछि यस विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । फिफा काँग्रेसको बैठक यही वैशाख ३० र ३१ गते मेक्सिको मेक्सिको सिटीमा हुँदैछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution