स्मार्टफोन प्रयोग गर्नु हुन्छ ? दिनको आधा घण्टा स्वीच अफ गर्ने बानी गर्नुहोस् …
काठमाडौँ । स्मार्टफोनको प्रयोग हाम्रो एउटा बानी नै भइसकेको छ । एसिलियोन कम्पनीका प्रमुख कार्यकारी अधिकृत योर्गन एडहोल्मले हरेक दिन कम्तिमा ३० मिनेट फोन बन्द गर्नुपर्ने सल्लाह दिन्छन् । एसिलियोन कम्पनीको मोबाइलका लागि सुरक्षित फाइल सेयरिङ्गको काम गर्छ ।योर्गनले स्मार्टफोन दैनिक रूपमा आधा घण्टा स्वीच अफ गर्दा हुने फाइदाहरूका बारे यसो भन्छन् –
– स्मार्टफोन बन्द गर्ने या हाइबरनेट मोडमा राख्नाले ब्याट्रीको लाइफमा असर गर्छ । स्वीच अफ गर्दा सबै ब्यागग्राउण्ड एप्लिकेशन बन्द हुन्छन् । यस्तो गर्नाले ब्याट्रीको लाइफ बच्न सक्छ ।
– आफ्नो दिमागलाई सही ठाऊँमा ल्याउन पनि स्मार्टफोनलाई केही बेर स्वीच अफ गर्नु राम्रो हुन्छ । हामी अन्य काम पनि गरिरहँदा प्राय स्मार्टफोन चलाइरहेका हुन्छौँ । यसले हामीमा स्ट्रेस पैदा गर्छ । यदी हामीले केहि समय स्मार्टफोन बन्द गरेर बस्यौँ भने हाम्रो दिमागले स्मार्टफोनमा लगाउने स्ट्रेस कम हुन्छ । केही फ्रेस हुन सक्छौ ।
– स्मार्टफोन धेरै तात्यो भने पनि स्मार्टफोनले काम गर्न छोड्छ । यस्तोमा स्वीच अफ गर्नाले पनि स्मार्टफोनलाई सही ठाऊँमा ल्याउन सकिन्छ र स्मार्टफोनले राम्रोसँग काम गर्न सक्छ ।
– लगातार स्मार्टफोनमा रहिरहँदा मष्तिष्क थाक्ने गर्छ र कुनै समस्या आएमा त्यसको समाधान खोज्न समेत गाह्रो हुन्छ । यस्तो अवस्थामा स्मार्टफोन स्वीच अफ गर्नाले मष्तिष्कले शान्त हुने मौका पाउँछ र काममा चुस्तता पाउन सकिन्छ साथै समस्याको समाधान खोज्न समेत सहज हुन्छ ।
– एक अध्ययन अनुसार ६१ प्रतिशत मानिसहरू नोटिफिकेशन आएको थाहा पाएपछि त्यो नहेरी बस्नै सक्दैनन् । तर, स्मार्टफोन स्वीच अफ गर्नाले नोटिफीकेशन हेर्ने उत्सुकतामा कमी हुन्छ र आफ्नो काममा एकाग्रता बढ्छ ।
तर, स्मार्टफोन स्वीच अफ गर्न सकिँदैन भने एक निश्चित समयपछि रिबुट गर्नाले पनि धेरै फाइदा पुग्छ । ब्याकग्राउण्डमा चलिरहेको एप्लिकेशनहरू बन्द हुन्छन् र सबै अपडेटेड सुविधाहरूले सही तरिकाले काम गर्न थाल्छन् ।