हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

किम जोङ उन वर्कर्स पार्टीको अध्यक्ष घोषित

kim2
वैशाख २८, २०७३- उत्तर कोरियाली नेता किम जोङ उन वर्कर्स पार्टीको सर्वोच्च पद अध्यक्षमा निर्वाचित भएका छन् । पार्टीको प्योङयाङमा शुक्रबारदेखि सुरु भएको सम्मेलन (कंग्रेस) ले ३३ वर्षीय किमलाई पार्टी नेताको वैधानिकता दिएको हो । आइतबार भएको निर्वाचनमा उनी आफ्नो क्षेत्रबाट निर्विरोध निर्वाचित भएका थिए ।

उनको पक्षमा १ सय प्रतिशत मत खसेको थियो । उत्तर कोरियाली संसद् ‘सुप्रिम पिपुल्स एसेम्ब्ली’ का अन्य सिटको परिणाम भने सार्वजनिक गरिएको छैन ।संसद्को हरेक सिटमा एकजना मात्र उम्मेदवार थिए । संसद्को बैठक भने मुस्किलले वर्षको एक पटकमात्र बस्ने गर्छ ।

प्राय:जसो कालो पहिरनमा देखिने किम पार्टीको नेतृत्व लिएपछि पनि कालै पहिरन (सुट र टाई) मा देखिएका थिए ।३६ वर्ष लामो अन्तरालमा आयोजना गरिएको सम्मेलनमा पहिलोपटक विदेशी पत्रकारलाई प्रवेश दिइएको थियो ।

किमले सन् २०११ मा उत्तर कोरियाको सत्ता हातमा लिएपछि विभिन्न समयमा गरी चारवटा आणविक परीक्षण प्योङयाङले गरिसकेको छ भने पाँचौं परीक्षण पनि गर्नसक्ने तयारीमा भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्मेलनले प्योङयाङले आफ्नो सार्वभौमिकतामाथि अर्को आणविक शक्तिबाट खतरा नआउँदासम्म आफ्नो तर्फबाट कसैलाई आणविक आक्रमण नगर्ने बताउँदै विभाजित दुई कोरियाबीच एकीकरण प्रयास जारी राख्ने बताएको छ ।

प्योङयाङको प्रस्ताव अस्वीकार यसैबीच, पछिल्लो समयमा निकै चिसिएको सम्बन्ध सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्वीकार गरेको छ ।

वर्कस् पार्टीको कंग्रेसलाई सम्बोधनका क्रममा नेता किमले दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने बताएका थिए । राष्ट्रिय रूपमा एकीकरणका लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रूपमा नै बलियोसँग अघि बढाइने प्रतिबद्धता किमले जनाएका थिए ।

उनले आफ्नो सम्बोधनमा भनेका थिए, ‘दुवै राष्ट्रले एकअर्काको सम्मान गर्नुपर्छ र वास्तविक रूपमा सम्बन्ध सुधारका लागि एकआपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ ।’ तर किमको प्रस्तावप्रति विश्वास गर्न सकिने अवस्था नरहेको दक्षिण कोरियाले जनाएको छ ।– एएफपी, प्योङयाङ 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution