हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

हिमालबाट रु.२९ करोड राजस्व सङ्कलन

himal_1

काठमाडौँ, वैशाख २७ गते । पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनले आशातित नतिजा दिन थालेको छ । भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कदैँ गरेको सन्दर्भमा हिमाल आरोहणको उत्साहजनक नतिजाले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका हुन् । यो मौसम पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । प्राकृतिक विपत्तिको सामना बेहोरेको साहसिक पर्वतीय पर्यटन अहिले निकै उत्साहजनक देखिएको छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूह ९टीम०का एकहजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् ।

त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वाटा टिम आरोहणका लागि गएका छन् । सन् २०१५ मा १०३ टिमका एक हजार ४९६ आरोहीले आरोहण अनुमति लिएका थिए । हिमाल आरोहणबाट रु २९ करोड राजस्व सङ्कलन भएको छ । गत वर्ष यही मौसममा रु २९ करोड १६ लाख राजस्व सङ्कलन भएको थियो ।

पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले तुलनात्मक रुपमा यस वर्षको आरोहण नतिजाले उत्साहजनक प्रगति भएको बताउनुभयो । “गत वर्ष आरोहण रद्द गरेका टोलीलाई सरकारले दुई वर्षका लागि छुट दिएकाले राजस्वमा केही कमी आएको हो । यस वर्ष गत वर्ष भन्दा ६४ जना आरोही घटेका छन्,”–उहाँले भन्नुभयो ।

सन् २०१४ मा सगरमाथा आधार शिविर क्षेत्रमा आएको हिमपहिरोका कारण आरोहण रद्द भएको थियो । सरकारले सगरमाथासहितका ४७६ वटा हिमाल आरोहणका लागि खुल्ला गरेको छ । सरकारले सन् २०१८ लाई पर्यटन भ्रमण वर्ष घोषणा गरी १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ आव २०७३÷७४ को नीति तथा कार्यक्रम घोषणा गरेको छ ।

आइतबार व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले पर्वतीय पर्यटनलाई सुरक्षित तुल्याउने, पदयात्रा पर्यटन प्रवद्र्धन तथा मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना अघि सारेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले २०७३ लाई घुमफिर वर्षका रुपमा मनाउने निर्णय गरेसँगै पर्यटन क्षेत्रमा सकारात्मक उत्साह छाएको छ । प्राकृतिक र मानवसिर्जित विपत्तिमा परेको समग्र पर्यटन क्षेत्रले गतिलिने अनुमान गरिएको छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution