नयाँ शक्ति इजरायलका पदाधिकारी र अन्तराष्ट्रिय बिभाग केन्द्रका इन्द्रराज भट्टराई बीच अन्तरक्रिया
तेलअविव,इजरायल – नयाँ शक्ति नेपालको प्रवास शाखा ‘अन्तराष्ट्रिय नेपाली समाज,इजरायलका पदाधिकारीहरु र नयाँ शक्ति पार्टीका केन्द्रिय अन्तरराष्ट्रिय बिभाग कमिटिका सदस्य इन्द्रराज भट्टराई संग विविध बिषयहरुमा अन्तरक्रिया एवं छलफल भएको छ |
स्काइप र भाइबरको सहायताले अनलाइनमा करिब १ घण्टा ३० मिनेट प्रवासी भूमि इजरायलका पदाधिकारीहरुको विचार / जिज्ञासाहरुको साथमा नयाँ शक्ति नेपालसँग सम्बन्धित वैकल्पिक राजनीतिका समसामयिक बिषयहरु, भावी कार्यक्रमहरू, श्रम र अन्तरराष्ट्रिय सम्बन्ध, प्रवासी संगठनहरूको महत्व र भूमिका, पार्टी घोषणाको तयारी लगायत बिभिन्न बिषयमा छलफल र अन्तरक्रिया भएको थियो |अनलाइन मार्फत सम्पूर्ण जिज्ञासाहरूको जवाफ भट्टराईले दिनु भएको थियो |
अन्तराष्ट्रिय नेपाली समाज,इजरायलका पदाधिकारीहरु संयोजक बी बी लामा तामाङ,सचिव तेज बहादुर श्रेष्ठ ,कोषध्यक्ष मनकुमारी मगर लिम्बु ,सदस्यहरु बिष्णु सिंखडा,जयराम घले, कुमार पौडेल, टंक खालिङ राई , एलिजा लामा तामाङ, निर्मला पौडेल जिज्ञासु , लाक्पा लामा तामाङ,निर्मला खड्का ,दावा लामा तामाङ र ललितचन्द्र बजगाई सहभागी रहनु भएको थियो |
अन्तमा सबै विकास र संबृध्दिप्रेमी मित्रहरूमा नयाँ शक्ति नेपाल अन्तरराष्ट्रिय बिभागको तर्फबाट भट्टराईले धन्यवाद व्यक्त गर्नु भएको थियो | अनलाइनमा अन्तरक्रियाको लागि सम्पूर्ण प्राविधिक व्यवस्था बिष्णु सिंखडाले मिलाउनु भएको थियो |