ठुलो रकम सहित हुन्डीवाल पक्राउ
काठमाडौंको सुन्धारामा रहेको मुक्तिनाथ इन्टरनेसनल बिजनेश प्रालिमा सोह्रखुट्टे प्रहरीले छापा मारेर ३२ लाखको चेक र १ लाख ४० हजार नगदसहित ३ जनालाई पक्राउ गरेको छ ।
डिएसपी सोमेन्द्रसिंह राठौंरले हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले ३२ लाखको चेक र १ लाख ४० हजार नगदसहित ३ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
डिएसपी राठौंरले बिजनेश प्रालिका संचालक दुर्गाबहादुर श्रेष्ठ, राजेश श्रेष्ठ र अर्जुन तिमल्सिनालाई पक्राउ गरिएको बताएका छन् । पछिल्लो समय सोह्रखुट्टे प्रहरीले हुन्डी कारोबार गर्ने स्थानहरुमा छापा मारिरहेको छ।