यस बर्षको २५६० औ बुद्ध जयन्ती / बैशाख पुर्णिमा महत्वपूर्ण – लामा थुप्तेन योन्जन तामाङ
“ॐ मुणि मुणि महा मुणिय स्वाहा”
बुद्धिस्ट ४ महिनाको १५ तिथि अर्थात् २१ मे २०१६ आउदै गरेको २५६० औ बुद्ध जयन्ती कार्यक्रममा बुद्ध नेपालमा जन्मिनु भएको हो भन्ने सत्य कुरालाई विश्वभर फैल्याउने उदेश्यले हामीले यो कार्यक्रमलाई विशेष रुपमा प्राथमिकता दिएका छौ। हामी आफ्नो देश देखि टाढा विदेशीभूमिमा पनि बुद्ध जयन्ति मनाउन पाउनु हाम्रो लागि गर्वको कुरा हो।
हाम्रो धर्मशास्त्र अनुसार बुद्ध लुम्बिनीमा जन्मेको हो र लुम्बिनी हाम्रो देश नेपालको रुपन्देही जिल्लाको कपिलबस्तुमा राजा शुद्धोदन रानी माया देविकों कोखबाट जन्मिनु भएको हो। वहाँ शाक्य बंशमा जन्मिनु भएको हो । यो सत्या हो र अशोक राजाले बुद्धको स्तम्भ वा खम्बा गाडिएको छ र यसले बुद्ध लुम्बिनीमा जन्मिएको प्रमाण गर्छ । मान्छेले झुठ बोल्नु सक्छ तर धर्म शास्त्रले झुठ कहिले बोल्दैन।
यसै गरि हामीले बुद्धिष्ट महिनाको छेपा च्योङ्ङा अर्थात सबै १५ तारिक तिथि पुर्णिमा साथै त्यो दिनलाई शुभ-दिन मानिन्छ। बिशेष गरी बुद्धिस्टको ४ महिनाको १५ तिथि अर्थात् बैशाख पूर्णिमलाई दिनलाई बिशेष गरी अझ महत्वपूर्ण पुर्णिमा मानिन्छ। त्यो महिनालाई सागा धावा महिना पनि भनिन्छ। किन कि त्यसै दिन गौतम बुद्ध लुम्बिनीमा जन्मिनु भएको र त्यसै दिन वहाँले बोद्धगयमा ज्ञान प्राप्ता गर्नु भएको र त्यसै दिन बोद्धगयको कुशेनगरमा वहाँको निधन अर्थात् महानिर्वाण हुनु भएको दिन हुनाले बिशेष गरी बैशाख पुर्णिमाको दिनलाई धेरै महत्वको रुपमा मानिन्छ।
अर्को पनि महत्व पूर्ण कुरा के हो भने नेपाली क्यालेण्डरको अनुसार प्रत्येक बर्ष बैशाष पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउने गर्छ र बैशाख पूर्णिमाको ठीक १ महिना पछि बुद्धिष्टको ४ महिना जसलाई सागाधावा भनिन्छ। सागाधावाको छेपा च्योङ्ङा १५ तिथिमा बुद्ध जन्मिनु भएको, ज्ञान प्राप्ता गर्नु भएको र निर्बाण हुनु भएको दिन हो। यो तिथि १ महिनाको अघि पछि हुनु जान्छ किन भने बुद्धिष्टको क्यालिण्डरमा छेपा तिथिहरु डबल हुन्छ भने कुनै दिन छेपा तिथिहरु छुट्टिएको हुन्छ भने नेपाली क्यालिण्डरमा तारिक वा तिथिहरु लाइन सँगै भएकोले गर्दा गन्तिमा १ महिनाको फरक हुनुपुग्छ। यो तिथिहरु घुम्दै जाँदा ३ बर्षको अन्तरमा फेरि एकै दिनमा पर्नु जान्छ। जस्तै ग्याल्पो लोसर र सोनाम लोसर परेको जस्तो हो। त्यसैले यो बर्ष पनि बैशाख पुर्णिमा र सागधावाको तिथि एकै दिनमा परेको छ। त्यसैले यो पालिको बुद्ध पुर्णिमा धेरै महत्वपूर्ण छ।
यो सागा धावा महिना ७ मे २०१६ देखि सुरु भैइसकेको छ । यो ६ जुन २०१६ सम्म चल्नेछ। यो १ महिना सबै जनाले मासु मंशा, जाडा रक्सी, चुरोटखैनी जस्ता चिजहरु छोडनु भएमा धेरै ठुलो पुण्य प्राप्त हुन्छ। पाप गरेमा धेरै ठुलो पाप भोग्नु पर्नेछ भन्नुभएको छ भाग्वान बुद्धले । यदि कसैले छोडनु नसकेमा वा भुलेर खानु भएकोमा यो महिनाको ८ औ तिथि अष्टमि,१०औ तिथि दशमि,१५औ तिथि पु्णिमा,२५औ तिथि दशमी र ३०औ तिथि औषी अर्थात् मे १४ ,१६ ,२१ ,३१ र जुन ५ ता रिकमा बार्नु सके पनि पुण्य प्राप्त गर्नु हुनेछ।
त्यसैले सबैले चोखो मनले भगवानको पूजागर्नु मन्त्र जप गर्नु, अरुको कुभलो नचिताउनु ,काटमार नगर्नु, चोरी नगर्नु, झुठो नबोल्नु बरु थोरै बोल्नु तर साचो बोल्नु, अरुको कुरा नकाट्नु, नराम्रो शब्द नबोल्नु, चिप्ले कुरा गरेर अरुको मनमा चोट पुग्ने कुरा नगर्नु, अरुको लागि पाप नसोच्नुहोस, सक्नुहुन्छ भने अरुलाई दान गर्नु, सक्नु हुन्न भने पनि मन सफा राख्नुहोस्। धर्म गर्ने ठुलो कुरा गरेर मात्रै होइन। हामीले स-सानो कुराहरुबाट धर्मको शुरुवात गर्नुपर्छ। धर्म त स्वयम् पवित्र छ त्यसलाई हामीले अनुसरण गर्नुपर्छ। हामीले हाम्रो जीवनमा प्रयोग गर्नुपर्छ त्यसपछि आफै धर्मको शुरुवात हुन्छ। धर्म गर्ने पनि सानु देखि शुरु हुन्छ भने पाप पनि त्यस्तै कुराहरु बाट शुरु हुन्छ त्यसैले हामीले अरुलाई हानि हुने काम कुरा कहिले पनि गर्नु हुन्न। संसारमा सबै कुराको समाप्ति छ। हामीले कमाउन सक्ने भनेको धर्म हो। धर्म कमाउने बाटो हाम्रो कर्म हो। हामीले राम्रो कर्म गर्नु सके कर्मको फल नि राम्रै पाउने सक्ने छौ । “सुन्तलाको बोट रोपे सुन्तला नै फल्ने छ त्यहा स्याउ फल्दैन ” । “जस्तो कर्म उस्तै फल” आफू खुशी रहनु, आफू खुशी भयो भने अरुलाई पनि खुशी दिनु सकिन्छ। हामिले राम्रो कुरा सोचे सफा मन बोके सबै नै सफा देख्नेछौ। हाम्रो मन नै सफा छैन भने हामीलाई जति नै धुएर वा सफा गरेर सफा ठाउमा राखे पनि हामी सफा हुने छैनौ। त्यसैले हामीले हाम्रो स-साना कुराम राम्रो कुराहरुको मात्र प्रयोग गरौ। सक्नु हुन्न भने नराम्रो पनि नगरौ यति मात्रै गरे पनि धेरै नै ठुलो कुरा हो।
अन्तमा भगवान बुद्दको आशिर्वादले सम्पूर्ण प्राणी जगतको भलो होस् ,हामी सबैमा शान्ति छावोस् ,सबैलाई सत्बुद्धि प्रदान गरुन्, हामी सबैको बाधा बिग्न हटेर जाहोस, मनले चिताएको पूरा होस् र सबै मृत-आत्माले चिर सुख शान्ती मिलोस् भन्ने कामना गर्दछु ।
“ॐ मुणि मुणि महा मुणिय स्वाहा”
-लामा थुप्तेन योन्जन तामाङ