हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

कब्जामा राखिएका आमाछोरीको उद्धार

खोटाङ, वैशाख २७ गते । होटलमा काम गर्ने क्रममा कुटपिट र यौन दुव्र्यवहारमा परेकी खोटाङका आमाछोरीलाई कब्जामा राखेको ठाउँबाट राष्ट्रिय मानवअधिकार आयोगले उद्धार गरेको छ । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएका दुबैजनालाई आयोगले आइतबार बेलुका कब्जामा राखेको ठाउँबाट उद्धार गरेको हो ।

घटना सार्वजनिक भएलगत्तै मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको पाइएपछि दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको अन्तर पार्टी महिला सञ्जालकी सदस्य सङ्गीता राईको डेराबाट उद्धार गरिएको राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख भङ्करबहादुर रावलले बताउनुभयो । गत बिहीबार मिलापत्र गराएर राजधानी पठाउन लागिएको जानकारी पाएपछि महिला प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।

उद्धार गरिएका आमाछोरीलाई प्रहरीको संरक्षणमा राखेर अनुसन्धान गर्दै सत्यतथ्य पत्ता लगाउन दिर्नेशन दिइएको रावलले जनाउनुभयो । “संरक्षणमा राखेर अनुसन्धान गर्न आयोगको निर्देशन छ,” उहाँले भन्नुभयो – “पीडितले न्याय नपाएको सुनिएको छ, यथार्थ कुरा अनुसन्धानपछि खुल्ने छ ।”

होटल सञ्चालकमध्येका हरिप्रसाद आचार्य र कविराज रिजालले कुटपिट गरेको र यौनदुव्र्यवहार गरेको आरोप लगाउँदै पीडित महिलाले गत मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा घाउ जाँचका लागि निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो । घरेलु हिंसामा परेर घरबाट निकालिएका आमाछोरीमाथि गत वैशाख १४ गते कुटपिट र दुव्र्यवहार भएको महिला अधिकारकर्मीले बताएका छन् ।

कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई बिहीबार जबर्जस्ती मिलाइएको र घटनालाई ढाकछोप गर्ने खेल भएको खुलेपछि आयोगले उद्धार गरेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो । पीडकपक्षको दबाबमा मिलापत्र भएपछि पीडित महिलाले बयानसमेत फेरेका छन् ।

दुव्र्यवहारपछि होटलबाट महिला अधिकारकर्मीले उद्धार गरेका ती महिलाले पछिल्लो समय बयान फेरेको बताइएको छ । दुव्र्यवहारको विषयमा जानकारी भएपछि वैशाख १७ गते तिनीहरुलाई महिला रक्षक सञ्जालकी अध्यक्ष पूर्णकला तामाङ, रेखा राई, निसाना राई, रश्मी रसाइलीलगायतको सम्पर्कमा ल्याइएको थियो ।

उद्धार गरेर राखिएको केही दिनसम्म आफूमाथि दुव्र्यवहार भएको बताउँदै आएकी महिलाले त्यसपछि दुव्र्यवहार नभएको बताउन थालेको एमाओवादी नेत्री दुर्गाजयन्ती राईले बताउनुभएको छ । घटना सार्वजनिक भएपछि पीडितलाई न्याय दिलाउन लागिपरिरहेकै समयमा प्रलोभनमा पारेर ढाकछोपमा मिलाइएको अधिकारकर्मीको भनाइ छ ।

काठमाडौँ माइती भएकी पीडित महिला २०६९ साल मङ्सिरमा विवाह गरेर दोर्पाचिउरीडाँडा आइपुगेकी हुन् । पतिले छाडेपछि र परिवारबाट निकालिएकी उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् ।

घरबाट विस्थापित भएपछि २०७१ साल वैशाख ६ गतेदेखि बालसेवाको संरक्षणमा रहेका आमाछोरीलाई गत माघ २३ गतेदेखि होटल शुभदिनमा ज्यालादारी कामदारका रुपमा लगिएको थियो । होटलमा काम सुरु गरेको महिना दिनदेखि नै आचार्यले यौन आशयले व्यवहार गर्न थालेको निवेदनपत्रमा उल्लेख छ ।

पीडितले वैशाख २१ गते प्रहरीलाई दिएको निवेदनमा रिजालले समेत दुईजनालाई यौन दुव्र्यवहार गरेको उल्लेख छ । होटलमा आएको ग्राहकको मोबाइल चोरेको आरोपमा वैशाख ११ गते राति कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न पारिएको बताइएको छ ।

बालसेवाका पूर्व अध्यक्ष रहेका होटलका प्रबन्ध निर्देशक दीपनारायण रिजाल दबाबमा पीडितलाई मिलापत्र गर्न बाध्य बनेको स्रोतले जनाएको छ । रिजालले सहमतिमा नआए पुराना कुरा निकालेर बेइज्जत गर्नेसम्मको धम्की आएपछि पीडित पछि हटेको जनाइएको छ ।

प्रबन्ध निर्देशक रिजाल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष दिलकुमारी राई, सङ्गीता राई, सविता ढकाल, मनिषा राईलगायतको उपस्थितिमा मिलापत्र गराइएको थियो । मिलापत्रमा आपसमा दोषारोपण नगर्ने र कतै सार्वजनिक नगर्ने, कुनै निकायमा उजुरबाजुर नगर्ने, पीडितलाई स्थापित गर्न पहल गर्ने सहमति भएको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution