भारतीय राजदूतलाई फिर्ता पठाउने हल्ला निराधार : कमल थापा
काठमाडौं, वैशाख २७ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय राजदूत रन्जित रेलाई फिर्ता पठाउन लागिएको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् । केही दिन यता बदलिदो नेपाली राजनीतिले नेपाल भारत सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला भारतीय राजदूत रे लाई नेपाल सरकारले फिर्ता पठाउन लागेको भन्दै केही अनलाई मिडियाहरुमा समाचार आएका थिए। आइतबार राति पराष्ट्रमन्त्री थापाले ट्वीट मार्फत भारतीय राजदूत रे लाई नेपाल सरकारले फिर्ता पठाउन लागेको भन्दै केही मिडियामा आएका सूचनामा कुनै तथ्यता नभएको बताएका हुन् ।