उत्तर कोरियाबाट बीबीसीका तीन जना पत्रकारलाई देश निकाला
उत्तरकोरियाले बीबीसीका तीन जना पत्रकारलाई देश निकाला गरेको छ। उत्तर कोरियाको सत्ताधारी दल वर्कर्स पार्टीको ३६ वर्षपछि भएको कंग्रेसको रिर्पोटिङ गर्न गएका उनीहरुलाई गत शुक्रबार हिरासतमा लिइएको थियो। समाचार अनुसार बिबिसीका टोकियो संवाददाता रुपर्ट विङफिल्ड हेयजसहित ३ जना पत्रकारले उत्तर कोरियाली नेता किम जोङ उनलाई अपमान गरेको भन्दै उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिइएको थियो।
आफ्ना संवाददातासँग उत्तर कोरियाका अधिकारीहरुले ८ घण्टासम्म सोधपुछ गरेको बिबिसीले जनाएको छ। वर्कर्स पार्टीको कंग्रेसको लागि थुप्रै विदेशी पत्रकारलाई पेङयाङमा आमन्त्रण गरिएको थियो। एजेन्सी