हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

सरकारको ‘फिर्ता बोलाउने पत्र’ आओस् अनि म बोल्छु : राजदूत उपाध्याय

काठमाडौं : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सरकारको ‘फिर्ता बोलाउने पत्र’ पाउनासाथ नेपाल फर्कने बताएका छन्।सरकार गिराउने खेलमा लागेको भन्दै सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सुशील कोइराला प्रधानमन्त्री हुँदा लामो समयदेखि रिक्त रहँदै आएको भारतको राजदूतमा उपाध्यायलाई नियुक्ति गरिएको थियो। उनी त्यतिखेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए। पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई सरकारले ‘असहयोग गरेको’ आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय गरेको हो। विवादित यो निर्णयले सरकारप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस चिढिएको छ।

पहिलोपोस्टसँगको टेलिफोन संवादमा राजदूत उपाध्यायले ‘राजदूत राख्ने वा फिर्ता बोलाउने अधिकार सरकारलाई रहेको’ भन्दै त्यसलाई आफूले स्वभाविक रुपमा लिएको पनि बताए।

तर, उनले रक्षामन्त्री भीम रावलको टिप्पणी भने आपत्तिजनक रहेको बताए। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका रावलले कूटनीतिक मर्यादा उल्लंघन गरेकाले राजदूत उपाध्यायलाई फिर्ता बोलाएको अभिव्यक्ति दिएका थिए।

‘कुनै देशमा राजदूत राख्ने वा फिर्ता बोलाउने भन्ने अधिकार सरकारको हो यस अर्थमा सरकारबाट भएको मलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णयलाई स्वभाविक रुपमा लिएको छु,’ राजदूत उपाध्यायले भने, ‘तर रक्षामन्त्रीका तर्फबाट आएको जुन धारणा छ, त्यो आपत्तिजनक छ।’

उनले रक्षामन्त्रीलाई कूटनीतिक विषय र आफूले कसरी काम गरिरहेको भन्ने विषय थाहा नभएको भन्दै विनाजानकारी दुई देशको सम्बन्धमा नै प्रश्न उठ्नेगरी अभिव्यक्ति आएको बताए।

‘एउटा राजदूत फिर्ता बोलाउनेभन्दा पनि मुल कुरा भनेको दुई देशको सम्बन्ध हो,’ उनले भने, ‘तर रक्षामन्त्रीले जुन अभिव्यक्ति दिनुभएको छ त्यो गम्भीर र दुई देशबीचको सम्बन्धमा नै समस्या ल्याउने खालको छ।’

उनले भारतका लागि नेपाली राजदूत र नेपालका लागि भारतीय राजदूत बीपी कोइराला नेपाल भारत फाउन्डेसनको ‘को-चियर’ हुन्छ भन्ने विषय समेत थाहा नभएजस्तै गरी रक्षामन्त्री रावलबाट अभिव्यक्ति आएको बताए।

‘भीमजी अहिले रक्षामन्त्री हुनुहुन्छ, म भारतको राजदूत छु,’ उपाध्यायले भने, ‘यी दुवै स्थायी पद हैनन्। भोलि उहाँ र हामीसँगै उभिनैपर्छ, तर किन यस्तो अभिव्यक्ति दिनुभएको हो आश्चर्य लागेको छ।’

उनले सरकारको निर्णयको पत्र अहिलेसम्म प्राप्त नभएको भन्दै पत्र पाएपछि मात्र नेपाल फर्कने र आफ्नो धारणा सार्वजनिक गर्ने बताए।

‘यहाँ पनि मिडियाहरुले किन कसरी भन्ने प्रश्न बारबार सोधिरहेका छन्,’ उनले भने, ‘मन्त्रिपरिषदको निर्णयको पत्र मेरो हातमा नपर्दासम्म त मैले के धारणा राख्ने?’ उपाध्यायले पत्र पाएपछि नयाँ दिल्लीका मिडियासँग कुरा गरेर काठमाडौं आउने जानकारी दिए।

@रमेश वाग्ले/पहिलोपोस्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution