हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

राष्ट्रिय सरकार गठनमा फेरि प्रयास गर्छौं: कृषिमन्त्री

सिन्धुली, वैशाख २७ गते । कृषिमन्त्री तथा एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले राष्ट्रिय सरकार गठनमा एमाओवादी अहिले असफल भए पनि फेरि प्रयास गर्ने बताउनुभएको छ । प्रगतिशील उमावि झागाझोली रातमाटाको भवनको शिलान्यास समारोहमा उहाँले देशको विकास र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको भन्दै एमाओवादीको प्रयास असफल भए पनि पुनः थालिने गजुरेलको भनाइ छ ।

अहिले राष्ट्रिय सहमतिको सरकार गठन नभएमा नेपालको राजनीतिक घटनाक्रममा २०१७ र २०५८ साल ब्युँतन सक्ने भन्दै दलहरुले बेलैमा सचेतपूर्वक सहमतिको सरकार गठन गर्नुपर्ने बताउनुभयो । नेपालमा राजनीति परिवर्तन भए पनि राज्य परिवर्तन हुन नसकेको एमाओवादीका नेतासमेत रहनुभएका हरिबोल गजुरेलले बताउनुभयो । राज्य परिवर्तनका लागि नेपालको शिक्षा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा लामो समय र ठूलो सङ्घर्षपछि जनसंविधान जारी गरे पनि यसको कार्यान्वयनमा चुनौती रहेको बताउँदै गजुरेलले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकामा जोड दिनुभयो ।

मन्त्री गजुरेलले किसानलाई पेन्सन दिने कार्यको थालनी नयाँ आवको सुरुबाट हुने बताउनुभएको छ । किसानको वर्गीकरण गरी किसानलाई सरकारले पेन्सन दिने नीति ल्याएअनुरुप अब नयाँ आवको सुरुबाट किसानले पेन्सन पाउने उहाँको भनाइ थियो ।

पहिला किसानको वर्गीकरण गरेपछि मात्र किसानलाई पेन्सन दिने मन्त्री गजुरेलको भनाइ थियो । नेपाल कृषि प्रधान देश भए पनि कृषिमा राज्यको लगानी कम भएकाले किसानलाई सहुलियत दिने कार्यक्रम अहिलेको सरकारले गर्ने उहाँको दाबी रहेको थियो ।

रु एक करोड ५० लाखको लागतमा निर्माण गरिने प्रगतिशील उमावि झाराको भवन निर्माणका लागि अहिलेसम्म रु ७० लाख सङ्कलन भएको छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution