हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

इजरायली पूर्वराष्ट्रपति मोसे कात्सभले आफूले गरेको गल्तीप्रति क्षमायाचना गर्दै रिहा गर्न माग

moshe katsav
जेरुसेलम, वैशाख । इजरायली जेलमा बलात्कार अभियोगमा बन्दी जीवन बिताइरहेका इजरायली पूर्वराष्ट्रपति मोसे कात्सभले आफूले गरेको गल्तीप्रति क्षमायाचना मागेका छन् । कात्सभले दुई भिन्नाभिन्नै बलात्कार लगायतका यौन उत्पीडन कार्यमा संलग्न भएको अभियोगमा सन् २०११ मा यहाँको अदालतले उनलाई सात वर्षको काराबासको सजाय सुनाएको थियो ।

सत्तरी वर्षीय पूर्वराष्ट्रपति कात्सभले अदालतद्वारा तोकेको सजायमा पुनःविचार गरी काराबास समयावधि लाई घटाई आफूलाई रिहा गर्नका लागि भनी गएको महिनामा वर्तमान् राष्ट्रपति रेउभेन रिभलिनको कार्यालयलाई एक पत्र पठाएका थिए। तर उनको अनुरोधलाई राष्ट्रपति कार्यालयले कात्सभले गरेको अपराध स्वीकार गर्दै पीडित महिलाप्रति सद्भाव नजाएको भन्दै अस्वीकार गरेको थियो । राष्ट्रपतिको कार्यालयमा प्राप्त हुने कुनै पनि अनुरोधलाई राष्ट्रपतिको कार्यालयको कानुनी विभागमा पठाउने प्रचलनअनुसार पूर्वराष्ट्रपतिको पछिल्लो पत्रलाई विभागमा पठाइएको राष्ट्रपतिको कार्यालयद्वारा आइतबार जारी वक्तव्यमा जनाइएको छ ।

कात्सभ सन् २००० मा इजरायलको प्रथम राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । तर सन् २००७ मा अवैध यौनसम्बन्धी क्रियाकलाप गरी अपराध गरेको आरोपपछि राष्ट्रपतिबाट राजीनामा दिएका थिए । रासस/एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution