शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने निर्णय – स्वागतयोग्य ,नविना लामा
सरकारले आज जारी गरेको नीति तथा कार्यक्रममा अनेरास्ववियुले शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गरेको दबाबको कारण शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने निर्णय सफल भएको अनेरास्ववियु अध्यक्ष नविना लामाले फेसबुकमा लेखेकी छिन् |संसारलाई अन्धकारबाट मुक्त गराई चेतनाको ज्योति प्रधान गर्ने शिक्षाको अब मुल्यांकन सम्पति सरह हुने भएको र नेपाली शैक्षिक आन्दोलनको नेता संगठन अनेरास्ववियुको पहलमा आएको यस्तो कदमप्रति म अनेरास्ववियुको तर्फबाट र व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु,उनले लेखकी छिन् |