हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

विश्वमा निशस्त्रीकरणका लागि सहयोग गर्छु – उत्तर कोरियाली नेता किम

kim

प्योङयाङ, वैशाख २६ गते। उत्तर कोरियाली नेता किम जोङ उनले आफूले निशस्त्रीकरणका लागि संसारमा नै प्रयत्न गर्ने धारणा सार्वजनिक गर्नुभएको छ ।
गएको जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै सो धारणा राख्नुभएको छ ।

उहाँले भन्नुभयो, एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवार रुपले संसारमा नै निशस्त्रीकरणका लागि प्रयत्न गर्ने नै छ ।साथै उहाँले आणविक अप्रसार सन्धीको पालनका साथै यस सन्धीको इमान्दार प्रयोगमा पनि उत्तर कोरियाले प्रयत्न गर्नेछ ।कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उहाँले यो धारणा राख्नुभएको हो ।

आणविक परीक्षणका कारण निकै विवादमा तानिएको भनिएको कोरियाको उक्त कदमको संसारमा नै विरोध भइरहेको भएपनि उहाँले यो पहिलो पटक यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।उहाँले आफ्नो देशले यस्तो क्षेप्यास्त्र परीक्षणको काम अरु कसैको खतराका लागि गरेको नभई आफ्नो देशका विरुद्धमा हुनसक्ने सार्वभौमसत्ताको हमलाका विरुद्धमा गरिएको पनि स्पष्ट गर्नुभयो ।

नेता किमले उत्तर कोरियाले आणविक विकास र आर्थिक विकासको काम एकै पटक गरिरहेको जानकारी पनि सो सम्बोधनका क्रममा भन्नुभएको छ ।अहिलेको अवस्थामा र क्रान्तिकारी कारणले गर्दा देशमा आर्थिक विकासलाई पनि साथसाथै अघि बढाउन सजिलो नभएपनि गर्नु परेको उहाँको भनाई छ ।उहाँले देशको आर्थिक विकासलाई अघि बढाउन आफ्नो पार्टीले कडा परिश्रम गरिरहेको जानकारी पनि सो सम्बोधन मार्फत दिनुभएको छ ।

राष्ट्रिय पुनःएकीकरण पहिलो एजेण्डा

यसैबीच सोही सम्बोधनका क्रममा नै उहाँले राष्ट्रिय पुनःएकीकरण आफ्नो पार्टीको पहिलो एजेण्डा भएको धारणा राख्नुभएको छ ।उहाँले राष्ट्रिय रुपमा पुनःएकिकरणका लागि बहस चलाउने र त्यसका लागि आवश्यकता बोध गराउने काम आफ्नो पार्टीले गर्ने स्पष्ट गर्नुभयो ।यसका लागि दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने उहाँले व्यक्त गर्नुभएको बिचारमा उल्लेख गरिएको छ ।राष्ट्रिय रुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो, दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ ।

उहाँले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको बताइएको छ ।साथै उहाँले दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवम् अरु धेरै किसीमका बाधा ब्यबधानहरुलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरुलाई विर्सेर व्यवहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा लाग्न पनि आग्रह गर्नुभएको छ ।उहाँले सम्बन्ध सुधारका लागि वार्ता र सहमतिका माध्यमबाट अघि बढ्न सकिएमा यसले आगामी दिनमा सबैका लागि सहज हुने पनि बताउनुभयो ।दुवै देशका सबै तहमा वार्ता र सहमतिको वातावरणले नै दुवैतर्फको समृद्धिमा सहयोग पुग्ने भन्दै नेता किमले सार्थक वार्ताका माध्यमबाट नै सबै पक्ष सहमतिमा पुग्न सकिने बताउनुभयो । एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution