एनसेलले लाभकर तिर्यो
एनसेलले बिक्रीको पुँजीगत लाभकर ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर तिरेको छ । ठूला करदाता कार्यालय ललितपुरका प्रमुख शोभाकान्त पौडेलका अनुसार एनसेलले अग्रिम कर कट्टी गरी उक्त रकम बुझाएको हो। बाँकी १० प्रतिशत बिक्रेता टेलिया सोनेराबाट असुल गराउने तयारी छ ।