हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

रेडलाइट एरियामा यौनकर्मीको जीवनशैली कस्तो छ ?

r

भारत र एसियाको सबैभन्दा ठूलो रेडलाइट एरियामा यौनकर्मीको जीवनशैली कस्तो छ ? उनीहरू कामपछि आफ्ना बालबच्चासँग कसरी समय व्यतित गर्छन् ? कसरी मेकअप गरेर ग्राहकको पर्खाइमा बस्छन् ? यावत् जिज्ञासा मेट्ने गरी विभिन्न तस्बिर सार्वजनिक भएका छन् ।

पश्चिमी कोलकाताको सोनागाछीलाई एसियाकै ठूलो रेडलाइट एरिया मानिन्छ । एक अनुमान अनुसार त्यहाँ करिब १४ हजार महिला यौन व्यवसायमा संलग्न छन् । त्यसमध्ये ठूलो संख्या नाबालिगहरूको छ । हरेक वर्ष त्यहाँ १ हजार महिला थपिने तथ्यांक छ, जसमा केही नेपाली पनि हुन्छन् ।

कसरी आइपुग्छन् ?

केही महिला ट्राफिकिङको सिकार भएर सोनगाछीको यौनकर्ममा होमिन आइपुग्छन् । कोही चाहिँ आफ्नै मर्जीले स्वतस्फुर्त रूपमा आउँछन् । एक वेबसाइटसँग कुराकानी गर्दै एक यौनकर्मीले भनेकी छिन्– उनी पहिले घरेलु कामदारका रूपमा गुजारा चलाउँथिन् । त्यतिबेला मासिक करिब डेढ हजार रुपैयाँ उनको पारिश्रमिक थियो । यद्यपि अहिले उनी मासिक भारु १६ हजार रुपैयाँ आर्जन गर्छिन् ।

r1

३० वर्षीया अर्की महिला भन्छिन्– ‘म दाम्पत्य जीवनमा बाँधिएकी थिएँ, सात वर्षसम्म । मेरो लोग्ने जड्याहा थियो । उसले मलाई हरेक दिन कुटपिट गथ्र्यो । जीवन नारकीय भएपछि छोरीको भविष्य सम्झेर म त्यहाँबाट अलग भएर यहाँ आएँ ।’ श्रीमान् छाडेर राजीखुसीले यहाँ आएपछि उनका दिनहरू खुसीपूर्वक बितिरहेका छन् । ती महिलाका अनुसार एक ग्राहकसँग उनको प्रेम सम्बन्धसमेत स्थापित भएको छ ।

कतिपय महिला आफ्ना सन्ततीको भविष्य उज्वल बनाउन बाध्यतावश वेश्यावृत्तिमा सामेल हुनु परेको बताउँछन् । दास नामले चिनिने एक महिला भन्छिन्– ‘मेरा दुवै सन्तान पढिरहेका छन् । के घरमै बसेर मैले उनीहरूको स्कुल फी तिर्न सक्छु ? समाजले हाम्रो निन्दा गर्नुअघि स्वयम् आफ्ना बारेमा सोच्नुपर्छ । के हाम्रा लागि उनीहरूले योभन्दा राम्रो अर्को कुनै रोजगारी तयार गरेका छन् ?’ – एजेन्सी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution