स्वयम्भूबाट ८२ लाख लुटेको आरोपमा ७ पक्राउ
२६ वैशाख, काठमाडौं । गत वैशाख ७ गते स्वयम्भू पहेँलो गुम्बाबाट ८२ लाख लुटेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।बिशाल साहसँग रहेको ८२ लाख नगद लुटेर फरार भएका मध्ये सात जनालाई महानगरीय प्रहरी बृत स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।
साहले आफु लुटिएपछि केहि दिनपछि मात्र प्रहरीलाई जानकारी गराएका थिए । पक्राउ परेकाहरुको साथबाट आठ लाख नगद बरामत गरिएको छ भने बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आफु लुटिएको सूचना समयमै प्रहरीलाई नदिने साहबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।