हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

आदिवासी जनजातिको सवाल गम्भीर वहस,सबै धर्म,जाति र संस्कृतिलाई समान अवसर

Ra

काठमाडौँ, वैशाख २५ गते । नेपालका सबै धर्म, जाति तथा संस्कृतिलाई सम्मान गर्ने संस्कारको विकास नभएसम्म देशको विकास असम्भव रहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले धारणा राख्नु भएको छ ।

नेपाल लोकतान्त्रिक किरात राई सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँहरुले कुनै पनि जातजाति वा संस्कृतिलाई दबाउने वा थिचोमिचो गर्ने प्रवृित्त त्याग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै नेकपा(एमाले)का केन्द्रीय सचिव गोकर्ण विष्टले एउटै भाषा, एउटै संस्कृति र एउटै धर्मबाट देशको कहिल्यै विकास नहुने धारणा राख्नु भयो ।

उहाँले किराँत राईहरुको संस्कृति निक्कै पुरानो र देशको गौरव नै हो भन्दै नयाँ संविधानमार्फत सबै भाषाभाषी र संस्कृतिको विकास गर्ने अवसरलाई स्थापित गरेको बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष जयन्ती राईले नेपालमा जातीय, क्षेत्रीयलगायत विविध क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति तथा पिछडिएका व्यक्तिमा विभेद् रहेको बताउँदै आदिवासी जनजातिको समस्या स्थायी रुपमा समाधान नभएसम्म देशको विकासको कल्पना पनि गर्न नसकिने बताउनुभयो ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका महासचिव चरण राईले देशका सम्पूर्ण जनताको ३८ प्रतिशतको प्रतिनिधित्व गर्ने आदिवासी जनजातिको सवाल गम्भीर वहसको विषय रहेको बताउँदै उनीहरुको जातीय पहिचान तथा हकअधिकार सुनिश्चित गर्न धर्म, संस्कारलाई जगेर्ना गर्दै राष्ट्र अघि बढ्नुपर्ने बताउनुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution