सन्चु ब्लोनको अध्यक्षतामा तामाङ डाजाङमा नयाँ नेतृत्व
तामाङ डाजाङको नवौं अधिवेशन बैशाख २५ गते काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले सन्चु ब्लोन–ललितपुर,को अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा फूलकुमार बम्जन–सिन्धुली, सचिवमा प्रकाश थिङ–ललितपुर, सह–सचिबमा धाम्जे दोर्जे (रोज) मोक्तान–काभ्रे, कोषाध्यक्षमा बिना थिङ–काठमाडौं रहेका छन् भने सदस्यहरुमा क्रमश नेत्र तामाङ, सिन्धुपाल्चोक, साम्देन दोङ–काभ्रे, राम गोम्जा–धादिङ, मणिकलाल घिसिङ–रामेछाप, हिरामाया घिसिङ–काभ्रे, प्रेम थोकर–मकवानपुर, बुद्धराम थिङ–ललितपुर, अमिर योन्जन–दोलखा, रुपक घलान–सिन्धुली, प्रयत्न वाइबा–रौतहट, निकिता वाइबा–सिन्धुलीलाई चयन गरेका छन् भने १ जना सदस्यलाई कार्यसमितिले चयन गर्ने छ । बन्द सत्र डाजाङका सल्लाहकार द्धय अमृत योन्जन तामाङ र इन्द्र घिसिङ र तामाङ लोक सम्राट चन्द्र कुमार मोक्तानको अध्यक्षतमा सम्पन्न भएको थियो ।
तामाङ डाजाङमा सन्चु ब्लोन आठौं अध्यक्ष हुनुहुनुन्छ । यकिना अगाध, दीपक घिसिङ, मायालु ङेसुर, इन्द्र तामाङ–२ कार्यकाल, भक्तवीर योन्जन, अर्जुनबहादुर तामाङ, बुद्ध योन्जन लामा–२ कार्यकाल अध्यक्ष भइसक्नु भएका छन् ।
अधिवेशनका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानको मातृभाषा विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको नवौं अधिवेशनबाट मेच्छे, काभ्रेका इश्वर थोकर र कालिन्जोर, सर्लाहीका आदर्शकुमार थिङलाई तामाङ साहित्य पुरस्कार नगद रु.१००१।– (एक हजार एक) सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । त्यसैगरी तामाङ डाजाङलाई हरेक क्षेत्रबाट सहयोग गर्नुहुने समाजसेवी, पत्रकारहरुलाई समेत सम्मान गरिएका छन् । समाजसेवी टासी लामा बौद्ध, समुन्द्रमान घिसिङ ललितपुर, प्रेम लामा दोलखा र सी.बी. लामा काभ्रे रहेका छन् । छापा पत्रकार तर्फ गोरखापत्रका दीपक श्रेष्ठ र शिवा तामाङ, कान्तिपुर दैनिकका फूलमान बल, नागरिक दैनिकका दिपेन्द्र लामा, छार गोङमा मासिकका प्रतिक ङेसुर, जनप्रतिरोध साप्ताहिकका पेमा लामा, रोशी साप्ताहिकका प्रमोद पाण्डे, दामन पोष्ट राष्ट्रिय साप्ताहिकका शन्तराम बिडारी, जन भावना साप्ताहिकका पूर्ण कार्की र साप्तिाहिक विमर्शका शंकर रोक्का रहेका छन् । त्यसैगरी रेडियो सगरमाथाका समन्त प्रसाद आचार्य र अनलाइन पत्रिकाहरु तामाङ समाज डट कमबाट बिष्णु मोक्तान, एभरेष्ट अनलाइनबाट नेत्र तामाङ, तामाङ अनलाइन डट कमबाट बी.बी. लामा तामाङ र तामाङ डाटा बेसबाट मिङ्मार तामाङ सम्मानित हुनु भएका छन् ।
शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि मुकारुङले राज्यले बजेट विनियोजनमा गरेको विभेदका कारण मातृभाषाहरुको विकास हुन नसकेको बताउनु भयो । त्यसैगरी नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले आफ्नो मन्तव्य राख्नु हुँदै तामाङ डाजाङले गरेको कार्यहरुको प्रसंशा गर्नुहुँदै घेदुङले आगामी दिनहरुमा साहित्यिक कार्यहरुमा सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । कार्यक्रममा समाज शास्त्री डा. मुक्तसिं लामा, बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामा, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, पुरस्कृत इश्वर थोकर, सम्मानित चाइल्ड स्पेश फाउण्डेशनका अध्यक्ष टासी लामा, सम्मानित दीपक श्रेष्ठ, शन्तराम बिडारी र समन्त प्रसाद आचार्यले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा डाजाङका संस्थापक एंव पुरस्कार छनौट समितिका संयोजक इन्द्र तामाङले संस्थाको उद्देश्य र पुरस्कार सम्बन्धी आफ्नो मन्तव्य राख्नु भएको थियो । प्रगति विवरण निर्वतमान सह सचिब बिना थिङ र आर्थिक प्रतिवेदन नि. अध्यक्ष बुद्ध योन्जनले प्रस्तुत् गर्नु भएको थियो । सोही कार्यक्रममा फूलकुमार बम्जन, मुक्तान थेबा, सिर्जना गोले, रुपक जमरा, लक्ष्मी रुम्बा, तेज योन्जन लगायतले साहित्यिक रचना समेत वाचन गर्नुभएको थियो । @ तामाङ डाजाङ (फेसबुक)