मातातीर्थको दर्शन गरे आमाको सम्मान हुने
प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन आमाको स्मृतिमा विशेष मेला लाग्ने काठमाडौं नजिकैको मातातीर्थ मन्दिरको विशेष महत्त्व छ ।थानकोटस्थित मातातीर्थ कुण्डमा स्नान गरेर दिवंगत आमाको मुक्तिको कामना गर्दै दर्पण दिने प्रचलन छ ।
काठमाडौंको रत्नपार्क, कलंकी, गर्जुधारा हुँदै पुग्न सकिने मातातीर्थको दर्शन गरे आमाको सम्मान हुने विश्वास गरिन्छ । त्यहाँ दिवंगत आमाको सम्झना गरे छोराछोरीले आमाको ऋणबाट मुक्त हुने धार्मिक मान्यता छ ।
स्वस्थानी व्रतकथाअनुसार यहाँ सतीदेवीको अंग पतन भएर मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । बर्सेनि आमाको मुख हेर्ने औंसीका दिन यहाँ दर्शनार्थीहरूको भीड लाग्छ ।