पोर्नस्टार बन्ने निर्णयबाट पछि हट्दिनँ – अर्चना पनेरु
महेन्द्रनगरकी १७ वर्षीया अर्चना पनेरु पोर्नस्टार बन्छु भन्दै नांगा र उत्तेजक तस्बिर सार्वजनिक गरेपछि २०७२ सालमा निकै चर्चामा आइन् । नग्न तस्बिर सार्वजनिक गरेपछि प्रहरीद्वारा अश्लीलता फैलाएको आरोपमा उनी पक्राउ समेत परिन् । स्थानीय लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत अर्चना केही समयअघि महेन्द्रनगरको प्रिन्स एन्ड प्रिन्सेसमा सेकेन्ड रनर्सअपसमेत भएकी थिइन् । पोर्नस्टार बन्ने कुरा सार्वजनिक भएपछि उनी स्कुलबाट मात्र निकालिइनन्, गाउँ नै छोड्न बाध्य भइन् । आधा दर्जनजति म्युजिक भिडियोमा काम गरिसकेकी अर्चना यतिबेला निर्देशक राजु गिरीको चलचित्र ‘जिस्म’ मा व्यस्त छिन् ।
पोर्नस्टार बन्छु भन्दै चर्चामा आउनुभयो, तर अहिले फिल्मी क्षेत्रमा जम्न खोजिरहनुभएको छ ?
तीन वर्षजति फिल्मी क्षेत्रमा काम गरेर पैसा कमाउँछु । त्यसपछि पोर्नस्टार बन्न बैंकक जानेछु । मेरो ‘एम’ नै पोर्नस्टार बन्नु हो ।
पोर्नस्टार बन्ने इच्छाचाहिँ कसरी पलायो ?
सन्नी लियोनीको पोर्न हेरेर आफू पनि त्यस्तै बन्ने इच्छा जाग्यो । त्यसपछि मैले पोर्नस्टार बन्ने निर्णय गरें । म यसबाट पछि हट्दिनँ ।
नेपालमा बसेर पोर्नस्टार बन्न सम्भव छ ?
नेपालमा त यो सम्भव छैन, तर विदेशमा गएर भए पनि आफ्नो इच्छा पूरा गरेरै छोड्छु ।
एकाएक चर्चाको शिखरमा पुग्दा कस्तो महसुस गर्नुभयो ?
मैले चर्चामा आउन मात्र पोर्नस्टार बन्छु भनेकी होइन, तैपनि राम्रो ‘फिल’ भैरहेको छ ।
भनेपछि तपाईं यसबाट खुसी हुनुहुन्छ ?
खुसी छु । मलाई आज अर्चना पनेरु भनेर सबैले चिन्नुहुन्छ ।
सन्नी लियोनीको पोर्न हेर्नुभएको छ ?
प्राय: सबै हेर्छु । फोटोसेसन र पोजहरू पनि हेर्छु ।
पोर्नस्टार बन्ने भूतले पढाइ पनि छोड्नुभयो होइन ?
होइन, स्कुलबाट निकालिएपछि ब्रेक भएको मात्र हो । अब काठमाडौंमै बसेर पढ्ने सोचमा छु ।
यो क्षेत्रमा लागेर भविष्य बिग्रन्छ जस्तो लाग्दैन ?
मलाई पोर्नस्टार हुँदा भविष्य बिग्रन्छ जस्तो लाग्दैन ।
विवाह नहोला जस्तो लाग्दैन ?
मेलै विवाह गर्ने कुरै सोचेकी छैन । मलाई विवाह नै गर्नु छैन ।
प्रेममा पर्नुभएको छ ?
म तीन जनासँग प्रेममा परे । उनीहरूले मलाई मन पराएँ तर मेरो पोर्नस्टार बन्ने कुरा मन पराएनन्, त्यसैले गर्दा प्रेम छुट्यो । अब म कसैसँग प्रेम गर्दिनँ ।
पोर्नस्टार बन्ने केटी भनेपछि चलचित्रमा काम दिने बहानामा नराम्रो हर्कत पनि सहनुपर्छ होला नि ?
नेपाली चलचित्र उद्योगमा आफ्नो स्वार्थ पूर्ति गर्न नायिका बनाउने निर्देशक/निर्माताको लामै लाम छ । उनीहरूसँग सचेत रहनुपर्छ ।
प्रस्ताव त निकै आयो होला नि ?
यो स्वभाविक हो । उहाँहरूको जस्तो नियत छ, त्यस्तै गर्ने हो । कथा सुनाउने बहानामा नराम्रो हर्कत गर्ने निर्देशक/निर्माता पनि छन्, तर सबै जनालाई एउटै नजरले हेर्नु पनि हुँदैन । @ कान्तिपुर /साप्तहिक |