हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

मरभुमीबाट नेतालाई खुल्ला पत्र ! खै कहाँ छ मेरो देश नेपाल ,कहाँ छ मेरो स्वाभिमान ??

satish

आदरणीय नेता ज्युहरु

समग्रहमा सारा नेपालीलाई हेर्ने हो र सबै भाषिक सबै जातिलाई नेपाली भन्ने हो भने र यदि नेपालको शम्मिधानले नेपाली भन्ने अधिकार दिन्छ भने आज यो बिसम परिस्थितिमा अर्थात सबै नेपालीले एक सरो कपडा पनि एक बर्षमा फेर्न नसक्ने बेला ६/ ६ महिनामा सरकार परिबर्तन गरि कहिले सम्म यो भोका नाङ्गा नेपालीले मौसमी प्रधानमन्त्री पाली रहने हो ? कहिले सम्म यो महान शिर्ष  नेताहरुको चाकडी गरिरहने ??

सम्पुण नेता गणहरु कहिले सम्म यो राजनीति फोहोरी खेल खेली नेपाली अर्थतन्त्रमा पौडी खेल्नु हुने छ ! एक साधारण नेपालीको घरमा गएर एक रात बस्नु होस् र हेर्नुहोस् सुन्नुहोस् उनीहरुको पिडा के छ ! सिहदरबारको चार दिवारी मात्र नेपाल हैन ! त्यहाँ मात्र नेपाली छैनन् !

महाभुकम्प गएको १ वर्ष पुगिसक्यो । आज सम्म पिडितहरुको उचित व्यवास्थापन हुन सकेको छैन । एकसरो कपडा र एक छाक पेट भरि खान उनीहरुलाई रहर भएको छ भने यो परिस्थितीमा कति जना प्रधानमन्त्री पाल्न सक्छन् नेपालीले ? ५ महिना लामो अघोषित नाकाबन्दि सकिएर बोडर खुला भएको आज करिब ४ महिना बिति सक्दा पनि जनताको अपरिहार्य बस्तु ग्यास, पेट्रोल , मट्तितेलको  सहजीकरण हुन सकेको छैन ! यस तर्फ तपाईहरुको ध्यान कहिले पुग्ने ??

प्रत्येक  दिन त्रिभुवन् अन्तरराष्ट्रिय विमान स्थलमा जानुस् र हेर्नुहोस । कति रातो बाकसमा प्याक भएर आएका छन् नेपाली युबा । कति बिदेशिन तछाड मछाड गरि लाम बद्द भएर बसेका छन् ! कहिले रोक्ने ति युबा जनशक्तिलाई  । कहिले भन्ने हो हाम्रा कर्मठ युवाशक्ति हामीलाई र हाम्रो नेपाल आमालाई खाँचो  छ भनेर !
कति दिन नेपाली गरिब जनताले नाङ्गो आंग र भोको पेट लिएर हेरिरहने यो तपाईहरुको सरकार बनाउने र गिराउने चलचित्र ? आखिर कहिले सम्म ?? के आज सरकार बदलेर यो सोझा  जनताको भोको पेटले खाना र नाङ्गो आङले एकसरो कपडा पाउला ??

केहि समय अगाडी सम्म कुनै पनि हालतमा हामी हाम्रो स्वाभिमान नेपालीको स्वाभिमानमा आंच आउन दिने छैन भनेर टुडीखेलमा खुब चर्का र गुलिया भाषण  गरेर तालि पाउनु भयो तर आज किन छिमेकीको ग्राण्ड डिजाइनमा सरकार परिवर्तनको कुरा आयो !

सक्नुहुन्छ भने त्यो काम गर्नु । अहिले भैरहेको चरम कालो बजारीलाई रोक्नुहोस् । नेपाली जनता साथमा छ । चरम भ्रस्टाचार लाई नियन्त्रण गर्नुहोस् । हामी युवा जनशक्ति  साथमा छौ । किन नेपालीको स्वाभिमान र सहिदको रगतको बलि चढाई रहनु भएको छ ! के सहिदको सम्मान  सहिद दिबसको दिनमा मात्र माल्यार्पण गरेर मात्र पुग्छ ?

नेता गणहरुलाई मेरो बिनम्र अनुरोध यो छ कि !! तपाईहरु आफ्नो र आफ्नो पार्टीको मात्र सोच्न छोड्नु होस् ! ब्याक्तिबादी सोच बन्द गर्नु होस्” सबै नेपाली र नेपालीको नेता भएर कार्य गर्नुहोस् अबस्य तपाईको कार्यको मुलायांकन नेपाली जनताले गर्ने छ। आशा छ तपाईहरुको सदबुद्धि  श्री पशुपति नाथले अबस्य दिने छन् र हाम्रो देशले पनि केहि मौसमी काँचुली फेरी नयाँ  आर्थिक क्रान्ति र गरिबको रोजीरोटिमा टेवा पुग्ने गरि परिवर्तनको माहोल  पाउने छ ! सबै नेताहरुलाई यो मरुभूमि बाट मेरो सलाम !!!

मरभुमी बाट !
-सतिश बाबु पाठक (कतार)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution