हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

भोलि शुक्रबार तीन वटा नयाँ चलचित्र प्रदर्शन हुने

Rolpa-Rog-4

काठमाडौँ, वैशाख २३ गते। भोलि शुक्रबार फरक धारका तीन चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् ।प्रदर्शन हुने चलचित्रमा ‘उहिले बाजेको पालामा’, ‘रोल्पा रोग’ र ‘आवारा’ छन् । गणेश बेल्बासेको लेखन तथा वसन्त घर्ती मगरको निर्देशनमा बनेको चलचित्र ‘उहिले बाजेको पालामा’ले पुरानो नेपाली मौलिक संस्कृति झल्काउने कथा बोकेको छ । यसमा रुढीवादी संस्कृति र प्रेम प्रशङ्गलाई फरक ढङ्गले देखाइएको लेखक बेल्बासेको भनाइ छ । सुनिल मानन्धर कार्यकारी निर्माता रहेको यस चलचित्रमा लेखक बेल्बासेसहित दिलीप रायमाझी, नवीन श्रेष्ठ, खुश्बु खड्का, सपना रोक्का लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै, ‘रोल्पा रोग’ ग्रामीण क्षेत्रका युवाले माओवादी सशस्त्र द्वन्द्वका समयमा पाएको दुःखलाई समेटेर निर्माण गरिएको चलचित्र हो । दीपक वलीले निर्देशन गरेको चलचित्रको प्रस्तुतकर्ता निर्मला वली हुनुहुन्छ भने निर्माता थमबहादुर वली हुनुहुन्छ । चलचित्रमा शिशिर भण्डारी, कुलदीप अधिकारी, बिनु खड्का, जनक थापालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

त्यसैगरी, ‘आवारा’ सज्जन मानिसलाई समाजले आवारा बन्न बाध्य पारेको कथा बोकेको चलचित्र हो । दिनेश पौडेलले निर्देशन गरेको यस चलचित्रमा राजेश ढुङ्गाना, सिर्जना ढकाल, राजेन्द्र बस्नेत, रवीन लामालगायतका कलाकारको अभिनय छ । यसको निर्माण झलक लामा र उग्रसेन ढुङ्गानाले गर्नुभएको हो ।

प्रदर्शन हुने तीनवटै चलचित्र फरक कथा र शैली बोकेका हुनाले एकले अर्कालाई असर नगर्ने तथा बराबर व्यापार गर्न सक्ने दाबी वितरक करण श्रेष्ठको छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution