हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

विदेशबाट फर्किएर हाँसपालन ब्यवसायमा

Peking Ducks
भैरहवा, बैशाख २१ गते । छ बर्ष सम्म बैदेशिक रोजगार गरी फर्किएका भैरहवाका एक युवकले हाँस पालन व्यवसाय सुरु गरेका छन् । सिद्धार्थनगर नगरपालिका ३५ बर्षिय सन्तोष कुँवरले करिब रु.सात लाख लगानीमा चिनियाँ प्रजातिका पेकिन डक हाँस पाल्न सुरु गर्नुभएको हो ।

कतारमा तीन वर्ष र त्यसपछि दुबईमा तीन वर्ष गरी छ वर्ष वैदेशिक रोजगारीको अनुभव संगालेका कुँवरले विदेशमा गर्ने जत्तिकै श्रम स्वदेशमै गरे दोब्बर, तेब्बरसम्म कमाई हुने गरेको र प्रत्यक्ष देखेको पनि हँुदा पुनः वैदेशिक रोजगारीमा नगई आफ्नै ठाउँमा हाँस पालन सुरु गरेको बताउनुभएको छ ।

‘छ वर्ष वैदेशिक रोजगारमा श्रम गरें, पसिना बगाएँ, तर त्यहाँको आम्दानीले आफु जाँदा लागेको ऋण तिर्न, घर खर्च चलाउन बाहेक अरु केही उपलब्धि हुन सकेन, त्यसैले स्वदेशमै केही गरौ, आफ्नै माटोमा पसिना बगाए कमाई यहीं राम्रो हुन्छ भन्ने सोंचाई राखी हाँस पालन ब्यवसाय सुरु गरें,’ कुँवरले भन्नुभयो ।

कतारमा पछिल्लो पटक रोजगारी छोड्नुअघि त्यहाँ १७ सय रियाल मासिक कमाउने गरेका कुँवरले हाँस पालनबाट बढी फाईदा हुन सक्ने बताउनुएको छ । अहिले पालेको चाईनिज हाँस पेकिन डकमा अरु हाँसको भन्दा हाड कम मासु बढी हुने भएको र स्थानीय जस्तै देखिने भएकाले पनि उपभोक्ताहरुले यसको मासु मन पराउने उहाँले बताउनुभयो । कुँवरले पेकिन डक जनकपुरबाट हया्चिंग गरी ल्याउने गर्नुभएको छ । हाँस पाल्न भने त्यति सजिलो छैन । हाँसको चल्ला ल्याएर पशु क्वारेन्टाईन कार्यालयबाट स्वास्थ्य परीक्षण गराईसकेपछि मात्रै पाल्न पाईने उहाँले बताउनुभयो ।

हाँस खोज्न बिक्रेता र ग्राहकहरु घरमै आउने भएकाले बजारको समस्या नहुने कुँवरका भाई सुरज कुँवरले बताउनुभयो । पालेको दुई महिनामा मासुका लागि तयार हुने सात हप्ता माथिको हाँस साढे दुई किलो देखि चार किलो सम्मका हुने र बजार मूल्य अनुसार झण्डै पाँच सय रुपियाँ सम्ममा बिक्री हुने कुँवरले उल्लेख गर्नुभयो । हाँस पाल्नका लागि खासै कठिनाई नभएको र दाना पनि कुखुराले खाने पेलेट दाना नै भएकाले दानाको समस्या पनि नरहेको कुँवरले बताउनुभयो । १८० वटा पेकिन डकबाट हाँस पाल्न सुरु गरेका कुँवरले भविष्यमा हाँसको अन्डा यहीं ह्याच गराई चल्ला समेत उत्पादन गराउने बताउनु भयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution