हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

अहिले सरकार परिवर्तन गर्ने समय होइन – अध्यक्ष दाहाल

pcकाठमाडौँ, वैशाख २३ गते। एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बजेट ल्याउने समय भएकाले सरकार परिवर्तन नगर्ने बताउनुभएको छ ।

कार्ल माक्र्सको १९८औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन अबको बाटो’ विषयको अन्तक्र्रियामा उहाँले वामपन्थी पार्टीबीचको एकता आजको आवश्यकता भएको बताउनुभयो ।

नयाँ सरकारको नेतृत्व लिन नेपाली काँग्रेसले आफ्नो पार्टीलाई गरेको आग्रहप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा सरकार बन्दैमा समस्या समाधान हुने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो– “अन्य दल राष्ट्रिय सहमतिमा नआउने अवस्थामा पद र नेतृत्वको लोभ गर्दैै सरकारमा जानु अहिले उपयुक्त समय मैले देखिन ।” अध्यक्ष दाहालले राष्ट्रिय सहमतिका लागि काँग्रेस र मधेस केन्द्रित दलसँगको छलफललाई आफूले निरन्तरता दिइरहेको जानकारी दिनुभयो ।

वामपन्थी दलले विभाजित भएरभन्दा आफ्ना कमी कमजोरीबाट शिक्षा लिन जरुरीमा रहेको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले संविधान लेखनका बेला त्यसलाई रोक्न खोज्नेले अहिले पनि संविधान कार्यान्वयन रोक्न खोजी रहेकाले संविधान पक्षधर एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्छन् कि बढ्दैनन् भनेर जनताले हेरिरहेको टिप्पणी गर्नुभयो । उहाँले सबै कम्युनिस्लाई एक ठाउँमा ल्याएर शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउन आवश्यक रहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा कार्ल माक्र्सले शोषण र शासन गर्नु अधिकार होइन विद्रोह गर्नु अधिकार हो भन्ने मान्यतालाई स्थापित गरेको दावी गर्दै अध्यक्ष दाहालले माक्र्सको योगदानको प्रयोग, रक्षा र विकास गर्दै लैजान आवश्यक रहेकामा जोड दिनुभयो ।

नेकपा९संयुक्त०का अध्यक्ष गणेश साहले माक्र्सको जीवशैलीबाट थोरै मात्र शिक्षा लिएर अगाडि बढे कम्युनिष्ट आन्दोलनका धेरै विकृति हट्ने बताउनुभयो । नेकपा९एमाले०का उपमहासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा माक्र्सका विचारलाई कसरी समृद्ध गर्दै लैजाने भन्ने बहस आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

एमाओवादीका पोलिटब्युरो सदस्य राम कार्कीले माक्र्सवाद सफल कि असफल भन्ने बहस चलिरहे पनि कुन माक्र्सवाद असफल भयो भन्ने कसैले भन्न नसकेको बताउनुभयो । उपमहासचिव भुसालको संयोजकत्वमा र नेता कार्कीको सहसंयोजकत्वमा माक्र्सको द्विशतवार्षिकी समारोह मनाउन राष्ट्रिय भेला आयोजक समित गठन गरिएको कार्यक्रममा जानकारी दिइयो । रासस

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution