हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रधानमन्त्री केपी ओलीको प्रचण्डलाई काउन्टर प्रस्ताव : यहि गठबन्धनको प्रधानमन्त्री बन्नुस्

 prachanda - oli

बुधबार साँझ सत्ताका दुई प्रमुख घटक नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको छलफलमा प्रधानमन्त्री केपी ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अहिलेकै सत्तारुढ गठबन्धनको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।

बैठकमा उपस्थित एक नेताका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने, ’तपाईंहरू नै संलग्न भएको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पेश गर्ने मिति घोषणा गरेको छ। जेठ १५ मा बजेट ल्याउने तय गरेको छ, यसलाई पूरा गरौं, त्यसपछि तपाईं नै यो सत्तारुढ गठबन्धनको प्रधानमन्त्री बन्नुहोस्।’

राष्ट्रियताको संरक्षण गर्नका लागि पनि यो गठबन्धन टिकाइराख्न आवश्यक भएकोल तपाईं गठबन्धन छोडेर नजानुस् भन्दै ओलीले भने, ‘बजेट आएपछि एमालेकै प्रस्तावमा तपाईंलाई प्रधानमन्त्री बनाउँछौं।’

ओलीले प्रचण्ड नै उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष भएका नाताले संयन्त्रको बैठक बोलाएर गठबन्धन पार्टीबीचका विषयहरू छलफल गर्नुपर्नेमा त्यसोे नगरेको भन्दै गुनासो पोखे। उनले भने, ’संयन्त्रको बैठक बोलाउनुस्, त्यो बैठकले जे निर्णय गर्छ त्यो म मान्न तयार छु।’

एमाओवादी नेताहरूले भने कांग्रेसको समर्थनमा आफूले सरकारको नेतृत्व गर्ने सहमति बनेकाले एमालेले पनि आफूलाई समर्थन गरेर राष्ट्रिय सरकारमा आउन अनुरोध गरेको एक नेताले बताए। ’उहाँहरूले कांग्रेसलाई सरकारमा नल्याई अहिलेको समस्या समाधान हुँदैन भन्ने तर्क गर्नुभयो,’ एक नेताले भने। तर बैठकमा उपस्थित एमाअोवादीका एक नेताले भने त्यस्तो प्रष्ट प्रस्ताव नअाएको बताए।

बालुवाटारमा भएको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापालगात अन्य सत्तारुढ दलका नेताहरूको पनि उपस्थिति थियो। तर एमाओवादीले एमालेसँग मात्रै छलफल गर्ने बताएपछि एमाले र एमाओवादी नेताहरूबीच बैठक बस्यो।

एमाओवादीका तर्फबाट बैठकमा अध्यक्ष दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी उपस्थित थिए। एमालेका तर्फबाट प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम र अर्थमन्त्री विष्णु पौडेल उपस्थित थिए। नेपाल बैठकको बीचमा उठेर निवास गएका थिए। प्रधानमन्त्रीले बिहीबार विहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution