हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सरकार परिवर्तनको हल्लाले तात्यो राजनीति

nepali-politics
काठमाडौँ, २२ वैशाख । व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु भएको दिन मङ्गलबारसम्म सामान्य अवस्थामा देखिएको मुलुकको राजनीति एकाएक सरकार परिवर्तनको हल्लाले तातेको छ ।

संसद् अधिवेशनको पहिलो बैठकपछि प्रमुख सत्तारुढ दल नेकपा (एमाले), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल एकीकृत नेकपा (माओवादी) को संसदीय दलको छुट्टाछुट्टै बैठक बसेको थियो । प्रमुख तीन ठूला दलको संसदीय दलका निर्णय र दलका द्विपक्षीय छलफल हेर्दा सामान्य मानिसले पनि राजनीतिक समीकरण बदलिएको र दलहरु सरकार परिवर्तनको खेलमा लागेको आभास पाउन सक्छ ।

एमाले संसदीय दलको बैठकले व्यवस्थापिका–संसद्मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने दृढता व्यक्त गर्दै काँग्रेसले संसद्मा उठाउने सरकारको आलोचनाका विषयमा प्रभावकारी रूपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षीले संसदमा उठाउने विषय र सरकारका आलोचनाका बारेमा तार्किक रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको सांसद रेवतीरमण भण्डारीले बताउनुभयो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदीय दलको बैठकले संविधान कार्यान्वयन गर्न एवम् मधेसमा उठेका सीमाङ्कन लगायत माग हल गर्ने विषयमा सरकार गम्भीर नभएको निष्कर्ष निकालेको नेता महेश आचार्यले जानकारी दिनुभयो ।

सरकारले जनचाहनानुसार काम गर्न नसक्दा सत्तामा रहेका अन्य दल पनि सरकारका कामकारबाहीबाट असन्तुष्ट रहेको निष्कर्ष निकाल्दै काँग्रेसले सरकारको विकल्पका रूपमा तयार रहेको उहाँले बताउनुभयो । काँग्रेसले असन्तुष्ट दलसँग वार्ता प्रक्रियाको अगुवाइ गर्ने निष्कर्ष समेत निकालेको छ ।

अर्काे सत्तारुढ घटक (एमाओवादी) संसदीय दलको बैठकमा सरकार गठनका बेला एमालेसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आलोचना भएको थियो । बैठकमा सहमतिअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत द्वन्द्वकालीन मुद्दा समाधान गर्ने भन्ने भए पनि पछिल्लो पटक सरकारको नेतृत्वकर्ता दलले त्यसतर्फ ध्यान नदिएको भन्दै आपत्ति जनाइएको थियो ।

एमाओवादीका सचिव वर्षमान पुनले सरकारले राम्रो काम गर्न सकेन भनेर चौतर्फी दबाब बढेको छ भन्दै यसलाई प्रधानमन्त्री ओलीले नसच्याए सरकारको विकल्प खोज्ने बताउनुभयो ।

सरकार परिवर्तनको हल्लाका माझ मङ्गलबार साँझ प्रमुख सत्तारुढ दल एमाले र एमाओवादी वर्तमान सरकारको नेतृत्व गरिरहेका एमाले र सत्ता साझेदार एमाओवादीका शीर्ष नेताको बैठक बसेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संसद् सञ्चालन, सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भए पनि सहमतिका लागि कुनै निष्कर्ष निस्केन ।

सरकार परिवर्तनका गतिविधि यतिमा सीमित भएनन् । बुधबार बिहान एमाओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय ग¥यो । बैठकपछि अध्यक्ष दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयनमा वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणामुखी कार्य अगाडि बढाउन नसकेको जनाइएको छ ।

विज्ञप्तिमा काँग्रेसले समेत आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गरी बाँकी रहेको कार्यभार पूरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा एमाओवादी, एमाले, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) लगायत सबै पार्टीलाई आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पूरा गर्ने प्रक्रियामा अघि बढ्न आह्वान गरिएको छ ।

सत्तारूढ दल एमाले र एमाओवादीबीच मङ्गलबार साँझ द्विपक्षीय संवाद भए पनि ठोस सहमति हुन नसकेपछि एमाओवादीले आज स्थायी समितिको बैठक राखेर उक्त निर्णय गरेको हो । बुधबार बिहान पनि प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । सत्तारूढ दुई प्रमुख दलका अध्यक्ष समेत रहनुभएका उहाँहरुबीच राष्ट्रिय सहमति निर्माण ालगायत विषयमा छलफल भएको बुझिएको छ ।

त्यस्तै आजै बिहान बसेको एमाले स्थायी कमिटीको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटना क्रमका बारेमा गम्भीरका साथ छलफल भएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

उता नयाँ सत्ता समीकरणका विषयमा एमाओवादीसँग छलफल गरेको व्यवस्थापिका–संसद्का सबैभन्दा ठूलो दल काँग्रेसले आजै संविधानका केही बँुदाप्रति असन्तुष्ट रहेका संसदमा रहेका मधेसकेन्द्रित दलका शीर्ष नेतासँग अपरान्ह् २ बजे संसद् भवन नयाँ बानेश्वरमा छलफल गर्दैछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution