हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

किरात भाषा-साहित्य उत्थानका लागि गर्नुपर्ने कार्यहरू

 बिक्रम

-विक्रम सुब्बा

राई, लिम्बु, सुनुवार, याक्खा, मेचे लगायत किरात र किरातका भाषा र साहित्य उत्थानका निम्ती गर्नु पर्ने केही महत्वपूर्ण कार्यहरू निम्नानुसार रहेका छन् |

१. यलम्बर सम्बत पात्रोः ‘जनताको संविधान’ भनेको पात्रो वा ‘क्यालेण्डर’ पनि हो । जसले किरातहरूको नयाँ वर्ष कुन महिनाको कुन दिन पर्दछ र यसलाई किरातजन्य सँस्थाहरूले गाउँ-गाउँ र शहरहरूमा कसरी मनाउँने? कुन कुन तिथीहरू कुन कुन दिन पर्दछन्? कुन कुन दिन कुन कुन किरातजन्य चाडपर्वहरू पर्दछन्? कुन कुन दिन विदा पर्दछन्? आदि प्रश्नको जवाफ घरघरमा पुगेर दिईरहने गर्दछ । यसको निम्ती दिन, सात, महिना, वर्ष सबै तोकेर पात्रो लेखन कार्यलाई निरन्तरता दिनु पर्दछ ।

२.किराती भाषाहरुको ध्वनी (स्वर तथा व्यन्जन) पहिचान तथा तालिका विकास: नेपालमा बोलिने सबैकिरात जातजातिका भाषाहरूको स्वर ध्वनीहरू (Vowel sounds) र व्यन्जन ध्वनीहरू (Consonant sounds) पहिचान गरि  International Phonetic Association (IPA) Chart को आधारमा किरात भाषाहरुको ध्वनी तालिकाको विकास गरेर एक अभिलेख तैयार गर्नु पर्नेछ । यसका आधारमा कुन कुन ध्वनीलाई के कस्तो किसिमको लिपिमा अंकितिकरण गर्दा उपयुक्त हुन्छ भनेर सोच्न सकिन्छ र फरक फरक किरात भाषाका एउटै वा फरक फरक लिपिहरू विकास गर्न पनि सकिनेछ ।

३. किरात लिपिहरूको विकास: हाल केही किरात जातजातिले किरात सिरिजंगा लिपिलाई आफनो भाषा लेखनका निम्ती उपयोग गरिरहेको पाईन्छ । तर धेरैजसो किरात जातजातिहरूको आफ्नो छुट्टै लिपि विकास गरेर प्रयोग थाल्न बाँकी रहेकोछ । अहिले आएर यस क्षेत्रका विज्ञ तथा किरात अगुवाहरुको सकृयतामा हाल उपलब्ध र जिवित रहेको किरात सिरिजंगा लिपिलाई नै सुधार वा आवश्यक चिन्हहरू(Diacritics) थपघट गरेर किरात भाषाका ध्वनीहरूलाई लाई लेखन कार्य गर्न सकिन्छ भन्ने बारे चर्चा चलिरहेकोछ । सबै किरात जातिको आफ्नै लिपि भए आफ्नै किरात भाषामा लेख-पढ गर्ने कार्य पनि अघि बढ्नेछ । लिपिलाई कम्प्युटरको प्रोग्रामिङ गरेर किसिम किसिमका अक्षरहरू विकास गर्ने र सन्सारभरिका सबै कम्प्युटरमा सो लिपि टाईप गर्न सकिने र डाउनलोड गरेर पढ्न र सेभ गर्न सकिने गरी यूनिकोडमा राख्न सकिने पनि बनाउँनु पर्दछ ।

४. किरात सँस्कार, धर्म तथा दर्शनहरूको अध्ययन तथा लेखन: सबै किरात जातजातिहरूको जन्मदेखि मृत्युसम्म अपनाउँनु पर्ने सँस्कारगत तथा चरणगत चक्रहरु रहेकाछन् । किरातहरुको सँस्कार, धर्म के हो? आदि बारे हरेक (२७-३२?) किरात जातजातिहरुको सँस्कार, धर्म र दर्शनका बारेमा अद्ययन गरेर पुस्तकका रुपमा प्रकाशन गर्ने काम महत्वपूर्ण हुनेछ । यसको निम्ती हरेक किरात जातिको मुन्धुमहरूको अध्ययन र प्रकाशन महत्वपूर्ण आधार हुन सक्दछ ।

५. किरात चाडपर्वहरूको अध्ययन तथा लेखन: सबै किरात जातजातिहरू हरेक महिना वा वर्षभरि कुनै न कुनै चाडपर्व मनाई रहेका हुन्छन् । चाडपर्वहरू मनाउँने सिलसिलामै आफ्ना हाड-नाता, छोरी-चेली, मामा-मावली, कुटुम्बहरूको भेटघाट हुने र सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक गतिविधिहरु संचालन गर्ने गर्दछन् । चाडपर्वहरूले नै समाजमा सम्बन्धहरूको संजाल (Network) निर्माण गर्ने काममा सहयोग गरिरहेका हुन्छन् जुन हरेक व्याक्तीका निम्ती सामाजिक पुँजी निर्माण कार्यको निम्ति पूर्वशर्त नै हो । त्यसैले गर्दा किरात जातजातिको चाडपर्वहरू अध्ययन गरेर प्रकासन गरि ईच्छुक मानिसहरूलाई अध्ययन गर्ने अवसर दिनु वा ती सामग्रीका आधारमा स्कुल-कलेजमा पठन-पाठन गराउँन मद्दत पुग्नेछ ।

६. किरात भाषाका व्याकरण अनुसन्धान तथा अभिलेखिकरण: किरात भाषाहरुको पठन-पाठन कार्य अघि बढाउँदै लैजानको निम्ती किरात जातजातिका भाषाहरुको १) प्रारम्भिक तथा २) विकसित (Advanced)गरी दुई किसिमका व्याकरण भए मात्र शिक्षकले पढाउँने र विद्यार्थीले पढ्ने काम गर्न सक्दछन् । तर हाल किरात जातजातिहरूको भाषाका व्याकरण चाहिएजति लेखिएका छैनन् । त्यसकारण छिटोभन्दा छिटोहरेक किरात जातजातिका भाषाहरुको व्याकरण अध्ययन गर्न र पुस्तकका रुपमा प्रकासन गर्नु अत्यन्त जरूरी भएको छ ।

७. किरात भाषाका शब्दकोषहरूको लेखन र प्रकाशनः किरात भाषाहरुको पठन-पाठन कार्य अघि बढाउँदै लैजानको निम्ती किरात जातजातिका भाषाहरुको १) प्रारम्भिक तथा २) विकसित (Advanced) गरी दुई किसिमका शब्दकोऋहरू भए मात्र शिक्षकले पढाउँने र विद्यार्थीले पढ्ने काम गर्न सक्दछन् । तर हाल किरात जातजातिहरूको भाषाका शब्दकोष भनेजस्तो लेखिएका छैनन् । त्यसकारण छिटोभन्दा छिटो हरेककिरात जातजातिका भाषाहरुको शब्दकोष लेखन र पुस्तकका रुपमा प्रकासन गर्नु अत्यन्त जरूरी भएको छ । यही सिलसिलामा हरेक किरात जातिको आ-आफ्नै भाषामा कानुन शब्दकोष, वातावरण शब्दकोष, खेतिपाती शब्दकोष, मुन्धुम शब्दकोष, विज्ञान शब्दकोष, दर्शन शब्दकोष, आदि पनि लेखन र प्रकाशन गर्नु पर्दछ ।

८. किरात भाषाका साहित्य लेखन: नेपालका २७-२८ किरात भाषाहरूमा पठन-पाठन संचालन गर्नका निम्ति ती सबै भाषाहरुमा निबन्ध संग्रहरहरु, कविता संग्रहहरू, कथा संग्रहहरू, नाटकहरु, उपन्यासहरू, काव्यहरू, खण्डकाव्यहरू र समालोचानाका ग्रन्थहरू हुनु पर्दछ जुन हाल किराति जाजतजातिका भाषाहरूमा सुन्य बराबर छन् । तसर्थ किरात जातजातिहरूको साहित्य अध्ययन तथा लेखन कार्य तुरुन्तै सुरु गर्नु पर्ने भएकोछ ।

९. किरात प्रथाजन्य कानुनहरूको अध्ययन प्रकासन: नेपाल अब संघीयतामा जाने भयो । हरेक राज्यमा आफ्नै कानुन लेखिनेछन् । यो काम गर्न को निम्ती किरात क्षेत्रमा किरात प्रथाजन्य कानुनहरूको धार लिनु पर्ने हुन्छ । त्यसैले छिटोभन्दा छिटो किरात प्रथाजन्य कानुनहरुको अध्ययन गरेर प्रकाशन गरि नयाँ बन्ने राज्यमा कानुन लेखनको बेला मद्दत गरिनु पर्दछ नत्र हिन्दु विधी अनुसार नै राज्यका कानुन लेखिनेछन् । यसका साथै किराती भाषाहरूमा कानुनी शब्दकोषहरू पनि लेखन र प्रकासन गर्ने कर्य गर्नु पर्दछ ।

१०. ईतिहास लेखनः किरात जातिहरूको उत्पतीका बारेमा र नेपालको हालको भूभागमा किरातिहरूको आगमन, बसोबास, शासनको ईतिहासका बारेमा पनि वैज्यानिक अनुसन्धान र लेख्न कार्य गरिनु पर्दछ । अहिले सम्म लेखिएका ईतिहासहरूमा धेरै हदसम्म प्रमाण बिहिन वा अरु कसैको ईतिहासमा उल्लेख भएको आधारमा मात्र लेखिएकोछ । जाति उत्पती तथा आगमनको वैज्ञानिक अध्ययन गर्दा Blood sampling लिएर DNA mapping समेत गर्नु पर्ने हुन्छ ।

११.कसरी गर्ने ?: नेपालका हरेक किरातजन्य सँस्थाहरूले विषय विज्ञहरूको Team हरू बनाएर यी कार्यहरूलाई परियोजनाहरू विकास गरेर कार्य सम्पादन गर्नु पर्ने हुन्छ । यो कार्यमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रतिष्ठन, त्रिभुवन विश्वविद्यालय, नेपाल सरकार, सिक्किम विश्वविद्यालयजस्ता निकायहरूसँग सहकार्यमा समेत काम गर्नु पर्दछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution