हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

निर्दोष फूलमाया तामाङ २४ घण्टा कारागारमा थुनियो

tamg

अर्जुन पाख्रिन तामाङ , काठमाडौं | प्रहरीको चरम लापरवाही र अदालतले ध्यान दिन नसक्दा एक महिलाले २४ घण्टा कारगारमा थुनिएको छ । जिल्ला अदालत मोरङले विदेशी मुद्रा विनिमयसम्वन्धि मुद्धामा निर्दोष महिलालाई कारागार चलान गर्दा उनले सजाय पाएकी हुन् ।

अदालतद्धारा दोषी ठहर भएर फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत पक्राउ गरेर ल्याउन साथ बेलबारी–२ की ४८ वर्षीय फुलमाया तामाङलाई अदालतले कारागार चलान गरेको हो । बेलबारी–३ की थीरकुमारी बस्नेत प्रतिवादी भएको विदेशी मुद्रा विनियम सम्बन्धी मुद्धामा फुलमायालाई मंगलबार कारागार चलान गरिएको हो । फूलमायालाई एक दिन हिरासत र एक रात कारगारमा थुनेका थिए ।

थीरकुमारीलाई मुद्धामा जिल्ला अदालत काठमाडौंले ०६२ फागुन २९ गते तीन करोड ४८ लाख ८३ हजार पाँच सय ९० रुपैयाँ जरिवाना गरेको थियो । फैसलायता उनी फरार थिइन । प्रहरीले यो मुद्धाको फरार प्रतिवादीका रुपमा थीरकुमारीलाई खोजी गरिरहेको थियो । थीरकुमारीलाई पक्राउ गरिएको भन्दै प्रहरीले फुलमायालाई पक्राउ गरेर लगेपछि अदालतले थप कुरा र मुद्धामा दोषी ठहर व्यक्ति सही हो÷होइन भनेर नुबझिकनै कारागार पठाइदिएको स्रोतले बतायो ।

प्रहरीले बुधबार थीरकुमारीलाई पक्राउ गरेर ल्याएपछि सोमबार पक्राउ गरिएकी फुलमाया निर्दोष रहेको देखियो । थीरकुमारीले अदालतको फैसला अनुरुपको जरिवाना तिर्न नसके चार वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । थीरकुमारीलाई पक्राउ गरेर ल्याउनसाथ अदालतले फुलमाया भने निर्दोष रहेको भन्दै बुधबार छाडेकोछ । थीरकुमारीलाई कारागार चलान गरेको छ ।

फुलमायालाई प्रहरीको विशेष व्यूरो टोलीले सोमबार घरैबाट पक्राउ गरेको थियो । यो घटना निर्दोषलाई सजाय दिन हुन्न भन्ने फौजदारी न्यायको सिद्धान्त विपरित भएको कानुन व्यवसायीहरुले बताएका छन् ।

फुलमायाले आफूलाई पक्राउ गर्नुको कारण सोधखोज गरे पनि त्यतिबेला पक्राउ गर्नका लागि गएको प्रहरी टोलीले विदेशी मुद्रा विनिमय मुद्धाको फरार प्रतिवादीका रुपमा पक्राउ गरिएको जानकारी दिएको थियो । आफूलाई यो मुद्धाबारे कुनै जानकारी नभएको बताए पनि उनले छुट्कारा पाइनन् । सोमबार रातभर इप्रका बेलबारीको हिरासतमा राखेर प्रहरीले मंगलबार अदालत पेश गर्ना साथ उनी कारागार पुगिन् ।

पति सूर्यबहादुर बस्नेत फुलमायालाई विना कसूर कारागार पठाइएको विषयलाई लिएर थुना मुक्त गरि पाउँ भन्ने माग राख्दै जिल्ला अदालत मोरङ र कारागारलाई विपक्षी बनाएर बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्ने तयारीमा थिए । उनका अनुसार फुलमाया उच्च रक्तचाप र मधुमेहकी बिरामी छिन् ।

‘घरमा प्रहरी आएर लगे, किन लगिएको भन्दा मुद्धामा दोषी भएर पनि फरार रहेको कारण बताइयो,’ छुटेपछि फूलमायाले भनिन्, ‘कुन र कस्तो खालको मुद्धा हो भनेर सोध्दा सिधै अदालत ल्याएपछि कारागार पु¥याएर एउटा पत्र थमाए, यसमा प्रहरी र अदालतको कमजोरी छ ।’ उनले आफू अन्यायमा परेको भन्दै न्यायका लागि सहयोग गर्न सबै समक्ष अपिल समेत गरिन् ।

जिल्ला अदालत मोरङका तहसिलदार केदारप्रसाद गौतमको हस्ताक्षर रहेको प्रतिवादी थीरकुमारी बस्नेतलाई बोधार्थ दिएर कैद म्याद ठेकी मानिस थुनामा राख्न कारागारका नाममा पठाएको १४६२० चालनी नम्बर भएको पत्र समेत फुलमायालाई थमाइएको थियो । पत्रमा जरिवाना बापत २०७७ साल बैशाख २० गते सम्म थुनामा राख्नु पर्ने उल्लेख छ । गौतमले प्रहरीले दुःख गरेर पक्राउ गरेको मान्छे त्यत्तिकै छाड्न अदालतलाई पनि गाह्रो हुने भएकाले फुलमायाले विना कसूर कारागार बस्नु परेको बताए ।

‘पक्राउ गरेर ल्याउन साथ नाम, ठेगाना र तीन पुस्ते केही हेरिएन,’ उनले भने, ‘काम गर्दा गर्दै कमजोरी भयो ।’
प्रहरीले फरार प्रतिवादी खोजी गर्ने क्रममा थीरकुमारीलाई पक्राउ गर्नुको साटो फुलमायालाई पक्राउ गरेर पेश गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले बताए । ‘यो मुद्धाको फैसला काठमाडौं जिल्ला अदालतले गरेको हो । तत्काल फैसलाको प्रति हेर्न पनि सम्भव नभएकाले समस्या आयो,’ उनले भने, ‘अदालतमा राख्ने ठाउँ नभएकाले कारागार पठाउनु प¥यो । फैसला सम्बन्धी मिसिल हेर्न र भिडाउनै भ्याइएन ।’ दुलालले प्रहरीले मिहीन रुपमा ध्यान दिएर अनुसन्धान गरेर मान्छे पक्राउ नगर्दा यो समस्या निम्तिएको बताए ।

व्यूरोका प्रमुख डीएसपी कृष्ण पंगेनीले फुलमायाले प्रहरीलाई नागरिकतालगायत कागजपत्र पेश गर्न नसक्दा समस्या आएको बताए । ‘अदालतमा रेकर्ड दुरुस्त नहुँदा समस्या भयो,’ उनले भने, ‘रेकर्ड सिस्टम र प्राविधिक समस्याले यो अवस्था आयो ।’ फुलमायाले तत्काल प्रहरीलाई नागरिकता वा आफ्नो परिचय खुल्ने खालको कागजपत्र उपलब्ध गराउन सकेकी भए एक दिनभए पनि कारागार बस्न नपर्ने उनको जिकिर छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution