फलो अपमा प्रतिभाशाली बाल गायिका जिग्मे छ्योकी घिसिङ तामाङ
राज लामा
काठमाणडौ-गएको आइताबार बैशाख १९ गते फेसबुकमा देखिएको सुर ताल सिजन २,पोखरा र अरुणोय एकेडेमीले संयुक्त रुपमा आयोजना गरिएको संगीतिक कार्यक्रमको निमन्त्रणा बिज्ञापन देखे पछि अरुणोय एकेडेमी कहाँ पर्छ कता पर्छ सोध्दै खोज्दै गयौ म र साथी सुरेन्द्र।र हामी स्कुल सम्म पुग्यौ।त्यहाँ सम्म सोध्दै खोज्दै जानुको एउटै उद्देश्य थियो जिग्मे छ्योकी घिसिंगको फलो अप।यो मेरो फलो अप नेपाल बसाइको मात्र नभएर कतार बसाइ देखिको थियो।
कतारमा बसाइकै क्रममा केहि महिना अगि मात्र फेसबुककै भित्तमा एउटा गज्जबको अदभूत कला देखे, गीत सुने।अदभूत यसरी कि एउटी ६/७ बर्षकी झै लाग्ने सानीले नानीले कुनै प्रोफेस्नल सिंगरले झै स्टुडियोमा कति पनि नडराई निर्धक्क साथ त्यति मिठो गीत(तिमीले बाटो फेर्यौ अरे..किड भर्सनमा,ओरिजनल भर्सन मेलिना राइको) गाएको देखेर सुनेर म अचम्ममा परे।मेरो रौहरु खडा भएका थिए।र म खुसीले हर्षबिभोर पनि थिए।गर्बले छाती ढक्क फुलेको थियो।गर्ब यसर्थमा कि झट्ट नाम देख्दा पढ्दा कतै नेपाली भाषी दार्जलिंग तिरकी जस्तै लाग्ने र धेरैको अनुमान पनि यहि थियो।तर फलो अपकै क्रममा उनी दार्जलिंगकी नभएर आफ्नै नेपाली माटोकी नेपाली छोरी स्थाई घर दोलखा आमा बसन्ती लामा र बुबा रामकाजी घिसिंगको पहिलो सुपुत्री र हाल काठमाणडौ स्वयम्भूको अरुणोय एकेडेमीमा कक्षा ४ मा अध्ययनरत थाह पाए।तब झन् अझ गर्ब महशुस गर्न थाले मैले।गर्ब गर्न लायक एउटी अदभुत कलाकी धनी प्रतिभाकी धनी मिठो कोकिल स्वरकी धनी थिइन् तिनै जिग्मे छ्योकी घिसिंग जस्को फलो अप गर्दै हामी स्वयम्भू भगवान पाउ अरुणोय एकेडेमी सम्म पुग्यौ।
गेटमा टिकेट लिएर हामी भित्र छिर्यौ।तोकिएको लेखिएको समय भन्दा अलि अगाडि पुगेछौ हामी।प्राबिधिकहरु लाइट र साउन्ड सिस्टम मिलाउदै थिए।त्यतिन्जेल स्कुल क्यान्टिको एक कुनामा बसेर गफिदै थियौ म र सुरेन्द्र।
यतिकैमा हाफ जिन्स शर्टस र लुज टि शर्टमा सजिएकी गुडिया झै पुतली झै फुरफुर गर्दै सानी नानी अचानक अगाडि देखा परिन्।मलाई चिन्न कुनै गाह्रो भएन।उनी थिइन् तिनै जिग्मे छ्योकी जस्को प्रस्तुति हेर्न गीत सुन्न फलो गर्दै आएका थियौ हामी।मैले देख्ने बितिकै जिग्मे छोरी कम भनेर बोलाएँ र काखमा लिएर मायाले चुमीदिए बेस्सरी र भने म तिम्रो फ्यान हुँ।उनी हाँसिन् मात्र बोलिनन्।प्रोग्राम कति बेला भनेर सोधे मैले।अहिले एकछिन् पछि- उनले जबाफ दिइन्।उनी संग धेरै कुरा गर्न मन थियो तर साथी र आफन्त संग खेल्दै रमाउदै हिडेकी उनलाई मैले बाधा पुर्याउन चाहिन।अहिले पछि भेट्छु है भनेर छोडिदिए।यति छोटो गफगाफ गर्दै गर्दा कति बेला साथी सुरेन्द्रले टेबलमा राखिएको क्यामेरा टिपेर कैद गरिसकेछन् केहि तस्बिरहरु।जिग्मेलाई भेटे पछि म र सुरेन्द्र झन् उत्साहित हुदै कार्यक्रमको पर्खाइमा बसिरह्यौ।
यी मान्छेहरु पनि बडो अचम्म अचम्मले जिन्दगी चलाउँछन्,
खेतमा घर बनाउँछन् र छतमा घिरौला फलाउँछन्।
यहाँ निर मैले एउटा गजलको शेर राखे यहाँहरु कतिलाई लाग्न सक्छ यो प्रसंग भन्दा बाहिरको कुरा किन र कसरी आयो?म यहाँ निर थोरै यिनै प्रसंग जोड्न चाहन्छु।यिनै माथिको निकै दमदार चोटिलो शेर मैले नेपाल लिट्रेचर फेस्टिबल पोखरमा सुनेको थिए जुन शेर मेरो कान र मन मस्तिष्कमा गडेर बसेको थियो।जस्को सर्जक थिए मन क्षेत्री।तिनै मन क्षेत्री स्टेजमा निकै स्फुर्ति निकै दमदारका साथ आकर्षक शैली र ढंगमा कार्यक्रम उद्घोषण गर्दै थिए,प्रस्तुत गर्दै थिए।एउटा युबा गजलकार जस्को गजल बाचन सुन्दा मनमा कहिल्यै नबिर्सने गरी छाप भएर बसेको थियो।तिनै गजलकार एउटा अर्को प्रतिभा लिएर दमदारका साथ कार्यक्रम संचालन गरिरहदा ममा अझ केहि उत्साहहरु थपिए।
सुर ताल सिजन २ पोखरा र अरुणोय एकेडेमीले संयुक्त रुपमा अायोजना गरिएको यो कार्यक्रमको मुख्य उद्देश्य भने तिनै सुर तालका सिजन १ र २ का नब प्रतिभावान कलाकारहरुलाई प्रतिभा देखाउन एउटा प्लेटफर्म दिने उद्देश्यले आयोजना गरिएको कुरा उदघोषक मन क्षेत्रीले जानकारी दिए र साथै जिग्मे छ्योकी घिसिंग जो हाल अरुणोय एकेडेमी काठमाण्डौमा कक्षा ४ मा अध्ययनरत छिन् तिनी पनि सुर ताल सिजन २ पोखराकी फाइनालिस्ट रहेको जानकारी संगै आजको कार्यक्रम बिशेषरुपमा तिनै जिग्मे छ्योकीको लागि यहि अरुणोदय एकेडेमीमा आयोजना गरिएको कुरा प्रस्ट पारे।
कार्यक्रम तोकिएको समयमै साँझ ४ बजे तिर शुरू भयो।मन क्षेत्रीको बोल्ड उद्घोषण संगै नब गायक ईश्वर थापाले “जसो गर जे भन जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो” भन्ने राष्ट्रिय भाबले ओतप्रोत गीत बाट कार्यक्रमको शुभारम्भ गरे।साँचै एउटा राष्ट्रिय भाबले ओतप्रोत शब्द र गीतले हामी नेपाली जो कसैको मन मस्तिष्क उर्जा दिदोरहेछ।एउटा गर्भानुभूति हुदोरहेछ।दर्शकको त्यो उत्साह त्यो हुटिंग त्यो जोश बाट प्रस्ट हुन्थ्यो एउटा राष्ट्रिय गीतले उर्जा अबश्य दिदोरहेछ।त्यस संगै सुर ताल सिजन १ र २ का नब प्रतिभावान केहि कलाकारहरुले आफ्नो प्रस्तुति दिए।कार्यक्रम उद्घोषक मन क्षेत्रीको बोल्ड भ्वइस र कार्यक्रम सन्चालनको आकर्षक शैलीले दर्शक दीर्घलाई निकै स्फुर्ति बनाइरहेको थियो।कार्यक्रमको मध्यांतर तिर जिग्मे छ्योकीको नाम उद्घोषण संगै कहि कतै नाच्न झुम्न छोडे जस्तो लाग्ने दर्शक दीर्घ पुन: जिग्मे जिग्मे भन्दै उफ्रिन ,चिच्याउन थाले।जब ती सानी नानी गुडिया झै स्टेजमा आइन् र उभिइन् दर्शकहरु उत्साहित हुदै मोबाइल क्यामेरा हातमा लिदै फोटो र भिडियो खिच्न स्टेज नजिक तछाडमछाड गरे।यस्को मतलब कार्यक्रमको पहिलो आकर्षण उनी जिग्मे नै थिइन्।
उदघोषकको जिग्मेको नाम उद्घोषण संगै दर्शक दीर्घ जिग्मे जिग्मे भन्दै उफ्रिरहेका थिए।यो बाट प्रस्ट हुन्थ्यो जिग्मेको प्रस्तुति हेर्न दर्शक कति उत्साहित र आतुर थिए।हो हरेक दर्शक जिग्मेको प्रतीक्षामा थिए र म पनि।
केहि कम्पिटिशनमा भाग लिनु बाहेक यो नै जिग्मेको पहिलो कन्सर्ट थियो।उमेरले ७ बर्षकी यी कलिली नानीमा कला र कन्फिडेन्ट भने अदभूत देखियो,प्रोफेस्नल सिंगरको जस्तै एउटा निडर र परिपक्वता देखियो।
स्टेज जानु अगि उनी त्यता कतै साथीहरू संग कतै आमा अनि आफन्त संग हिडिरहेकी,दौडिरहेकी,खेलीरहरेकी हुन्थिन।जब स्टेजमा उनको नाम अनाउन्स भयो उनी स्टेजमा माथि गएर निर्धक्क साथ आफ्नो प्रस्तुति दिइन्।उनले शुरुमा मेलिना राइको “कम्मर माथि पटुकी,पटुकी माथि घैला” गाइन्।मलाई यस्तो लाग्दैथ्यो उनी जिग्मे कतै माथि बाट भगवानले पठाएर उनी यसरी गीत गाउँदैछिन्।यस्तो लाग्थ्यो उनको यो कला कतै माथि बाट भगवानले नै पठाइदिएको हुन्।तर उनी यो स्थान सम्म पुग्नु,उनको स्वर यति मिठो र तिखारिनुमा गीत संगीतमा उनको ठूलो मिहेनत र लगाब छ।उनको यो मिहेनत यो प्रयास उनी ४ बर्षकी छदा देखिको हो रे अामा बसन्ती लामा भनिन्।
एउटा निर्दोष कलिलो अनुहारकी सानी नानी यति मिठो स्वरमा यति निर्धक्क साथ गीत गाइरहदा मलाई धेरै पटक स्टेजमा गएर अंगालोमा बेरुँ र चुमुँ मन नलागेको हैन।यता दर्शक दीर्घमा साना केटा केटी देखि युबा तन्नेरीहरु देखि बुढा बुढीहरु उतिकै नाच्दै झुम्दै थिए।
त्यस पछि उनले मेलिना राइकै “तिमीले बाटो फेर्यौ अरे…”बोलको गीत गाएर दर्शकलाई उतिकै नचाए।जुन गीतमा उनले गीतकार दर्पण राइको पहल र प्रयासमा किड भर्षणमा आफ्नो अब्बल जादुमय स्वर दिइसकेकी छिन्।उनको परिवारिक स्रोत अनुसार उनले घरी घरी सम्झिरहने सिंगर पनि मेलिना राइ हो रे।र उनको मन पर्ने गायक भक्तराज आचार्य र गीत “जहाँ छन् बुद्धका अाँखा….”
“छोरीको लगाब गीत संगीत प्रति नै देखे पछि छोरीलाई सिंगर नै बनाउने सोचले यहि स्वयम्भूमै एउटा म्युजिक क्लासमा हालेकी छु।”छोटो कुराकानीको क्रममा आमा बसन्ती लामाले भनिन्।”चिल्लो पीरो धेरै नखानु भनेको मान्दिनन्।”आमा बसन्ती लामा यसो भनिरहदा तिनै जिग्मे आफ्नो प्रस्तुति सके पछि कार्यक्रम स्थलको एउटा कुना मम ससेज बेच्ने ठेला छेउ उभिएर तातो तातो ससेज र केहि मासु खाँदै थिइन्।हामी म र सुरेन्द्र उनै जिग्मेलाई पछ्यउदै त्यहाँ पुगेको थियौ।थाह छ?हामी तिम्रो ठूलो फ्यान।तिमीलाई हेर्ने भेट्ने भनेरै आएको आज।उनी बोल्न चाहिनन्।उनी खानामै ब्यस्त थिइन्।यो त बोल्नै मान्दिनन् यस्तो छ भनेर जिग्मेको तर्फ बाट धन्यबाद दिइन् अामा बसन्ती लामाले।उनले खाएर सके पछि आमा बसन्ती लामाले उतै जाउँ भाइ भनेर आग्रह गरिन् हामीलाई।यता कमल खत्री असिन पिसिन हुदै आफ्नो प्रस्तुति दिदै थिए।”आत्मामा अात्मामा तिम्रो आत्मामा…”जस्ता आधा दर्जन भन्दा बढी आफ्नो हिट गीतहरु गाएर दर्शकहरु निकै नचाए उफारे स्टेज तताए।
त्यस पछि योगेश काजी स्टेजमा झुल्किए।उनले पनि चलेको केहि पुराना गीतहरु संगै केहि आफ्नै गीत रेशम फिरिरी र हुँ म नाइके जस्ता हिट गीतहरु गाएर दर्शकलाई भरपूर मनोरन्जन दिए नचाए।मेरो साथी सुरेन्द्र भन्दै थिए “यो हो नि तरिका स्टेज तताउने दर्शक नचाउने।”साँचै योगेश काजीको प्रस्तुति निकै दमदार थियो। उनले गीत छनौटमा निकै ध्यान पुर्याएको रहेछ।सबै नाच्न लायक हिट गीतहरु गाएर दर्शकलाई नचाएर वाह वाही बटुलेर उनले आफूलाई एउटा अब्बल गायक साबित गरे।
अबको पालो फेरि जिग्मेको- दर्शक दीर्घ फेरि उतिकै उफ्रिदै चिच्याउदै थिए जिग्मे जिग्मे भन्दै थिए।त्यो हुलमा त्यो भिडमा चिच्याउने म पनि थिए र साथी सुरेन्द्र पनि।
जिग्मेले आस्था राउतको ” चौबन्दीमा पटुकी बाँध्य छैन भन्दैमा” बोलको गीत गाएर फेरि दर्शक दीर्घ उतिकै नचाए झुमाए।मलाई यस्तो लाग्दैथ्यो यो कार्यक्रम नसकियोस र यी सानी नानीको गीत रातभरि अघाउन्जेल सुनिरहुँ।
तर यसो कहाँ हुन्थ्यो?कार्यक्रमको अन्तमा जिग्मेले एउटा लेजेन्ड्री ग़ुलाम अलीको निक्कै पुरानो गीत निक्कै चर्चित गीत “गाँजुल ती ठूला ठूला आँखा….”यो गीत सुरमा लयमा र शब्दहरू कतै नबिगारी कन्फिडेन्टका साथ गाएर आफुलाई यति सानी उमेरमै एउटी नब प्रतिभावान गायिका साबित गरिन्।जानकारी रहोस उनले नेपाली मात्र हैन आफ्नो मातृभाषा देखि लिएर हिन्दी र अंग्रेजी गीतहरु पनि उतिकै मिठो साथ गाएकी छिन्।यो हामी उनको नाम युट्युबमा सर्च गरेर हेर्न सक्छौ।
जिग्मेको प्रस्तुति संगै कार्यक्रम उद्घोषक मन क्षेत्रीले कार्यक्रम सकेको घोषणा गरे।र उनी स्टेज बाट ओर्लेर जिग्मेको परिवार र स्कुल परिवार संग भेटेर जिग्मेको खुलेर प्रशंसा गरे।स्कुलका प्रिन्सिपल बिष्णु पौडेल लगायत सबैले शिक्षक शिक्षिकाले उनी पढाइमा उतिकै तेज र अहिले सम्म सधै फस्ट गल रहेको बताए।दर्शक दीर्घ सबैले उतिकै खुलेर प्रशांसा गरे र भबिष्य उज्वल रहेको बताए।र जिग्मेको प्रशांसा संगै मैले कार्यक्रम दामी चलाउनु भो उद्घोषण निकै राम्रो लाग्यो भनेर प्रशंसा गर्दा हाँस्दै मन क्षेत्रीले धन्यबाद दिए।नेपाल लिट्रेचर फेस्टिबल पोखरमा तपाइको दमदार गजल पनि सुनेको थिए भन्दा उनी हाँस्दै फेरि धन्यबाद दिए।
रातको ९ बजियकेको थियो।र अन्तमा जिग्मे संगै सम्झनाका लागि केहि तस्बिर खिच्दै उनको तस्बिर र उनको मिठो कोकिल स्वर आँखाभरि मन मस्तिष्कभरि लिइ उनको सांगीतिक यात्रा र उज्वल भविष्यको उत्तरोत्तर कामना गर्दै मायाको चुम्बन दिदै हामी त्यहाँ बाट छुट्टियौ।