हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

नेपाल मगर संघको बिधान सम्सोधन,अध्यक्षमा ५ जनाको दाबी

magar
हुम बहादुर पचभैया थापा मगर

चितवन – नेपाल मगर संघको बिधान सम्सोधन, अध्यक्ष पदमा बाहेक सबै पदमा खुला गरिएको छ ।गुल्मीको तम्घासमा भएको १० अौ राष्ट्रीय महाधिवेसनको बिधानलाई तोडने गरि २०७०को २४ अौ राष्ट्रीय सम्मेलनले सिन्डिकेट लगाएको थियो । अब भने अध्यक्ष बाहेकको पदमा महाधिवेसन प्रतिनिधिहरूले सबै पदमा खुला प्रतिस्पर्धा गर्न सक्ने छन ।

बन्दसत्रको दोस्रो दिन सबै प्रतिनिधिहरूले बिधान सम्सोधनको माग गरेता पनि केन्द्रीय समिति मौन बसेको थियो । प्रतिनिधिहरूको कडा आलोचना र दबाब पछि संयुक्त मगर मञ्चकाे सहजीकरणमा केन्द्रिय समितिले १७ जना टोली नेताहरूको उपस्थितिमा बैठक राखि नेपाल मगर संघको बिधान सम्साेधन गर्न ९ सदस्यीय बिधान मसौदा समिति गठन गरेको छ । ११अौ महाधिवेशन प्रयाेजनकाे लागी बिधानको धारा ३० लाई मात्र खुला गरिएको छ । बाँकी काम पछि समितिले बनाउने छ ।
बिधान मसौदा समितिमा अधिबक्ता गौबहादुर आले मगर, रक्षा बहादुर रैका मगर, ईन्दिरा श्रीस मगर, राम बहादुर थापा मगर, सुरेन्द्र थापा मगर, सन्तोष राना मगर, राजकुमार राना मगर, संस्थापक महासचिव सुरेश आले मगर र भूपू महासचिव लोक बहादुर थापा मगर रहेका छन ।

मगर संघको ११ अौ राष्ट्रीय महाधिवेशन सम्पन्न गर्न अध्यक्ष मन्डल र निर्बाचन मन्डल गठन गरेको छ ।अध्यक्ष मन्डलमा मगर संघका भूत पूर्ब महासचिव लोक बहादुर थापा मगरको संयोजकमा संघका सल्लाहकार कुमार थापा मगर र मधुकर सिंग थापा मगर सदस्य रहेका छन ।

त्यस्तै अधिबक्ता गौबहादुर आले मगरकाे संयोजकमा निर्बाचन मन्डल गठन गरेको छ । सदस्यहरूमा अधिबक्ता ईन्दिरा श्रीस मगर, सरिता थापा मगर, राम बहादुर थापा मगर र चिज कुमार आले मगर सदस्य रहेका छन ।

अध्यक्षमा ५ जनाको दाबीः

बम कुमारी बुढा मगर, बसन्त घर्ती मगर, बाल सिं काउचा मगर, गंगा बहादुर थापा मगर र नबिन रोका मगरले अध्यक्षमा दाबि गरे पनि काउछा र रोका बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

बिदेश सचिबमा ८ जनाः

सचिब पद मध्यमा आकर्षित बिदेश सचिब भएकोले ८ जना आकांक्षीमा छन । निबर्तमान बिदेश सचिब रक्षा रैका मगर र भरखरै मात्र मगर संघमा आबद्धता पाएको नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर पचभैया थापा मगर पनि बिदेश सचिबको लागी चुनाबि मैदानमा ओर्लिएका छन ।

अध्यक्ष पदका प्रत्याशी सहित केन्द्रिय सदस्यका लागी करिब २५० जना मगरहरू चुनावी दौडमा देखा परेका छन । जस मध्यबाट ५५ जना निर्बाचित हुने छन ।
स्थगल रिपोर्ट @ राज्यसत्ता |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution