हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

एमाओवादी सरकारबाट बाहिरियो : प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पहल गर्ने

aa

काठमाडौं – एमओवादी अध्यक्ष प्रचण्डले अब आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया शुरु गर्ने बताउँदै वर्तमान सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ ।
बुधबार बिहान विज्ञप्ति जारी गर्दै नेकपा–एमाले नेतृत्वको सरकारको औचित्य समाप्त भएको बताउँदै आफ्नो पार्टी नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलहरुलाई सहयोगका गर्न अपिल गरेका छन् ।

बुधबार बिहान बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने र आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो । हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन ।’

विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत एमाओवादीको नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेको जानकारी दिइएको छ ।
‘हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

CMPrachanda






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution