महिलाका लागि ‘भियाग्रा’ कति जरुरी ?
महिलामा हुने यौन इच्छाको कमीको उपचारका लागि बनाइएको औषधिलाई उत्पादन तथा सेवन अनुमति दिने वा नदिने विषयमा बहश हुन थालेका छ । अमेरिकी फुड एन्ड ड्रग एडमिनिष्ट्रेसन (एफडिए)ले यसैका लागि आउँदो जुन ३ र ४मा सल्लाहकार समितिको बैठक बोलाएको छ ।
बारबरा गात्तुसे ४० वर्षको उमेरकी थिइन् । पहिलोपल्ट आफ्ना श्रीमान्सँग यौन सम्बन्धका विषयमा दृष्टिकोण बदलिएको महशुस गरिन् । बारबरा भन्छिन्, ‘मैले कहिल्यै यसबारेमा श्रीमान्सँग भनिनँ । तर, मलाई महशुस भयो कि ममा यौन इच्छा घट्दै गइरहेको छ ।’ अहिले ६६ वर्ष पुगिकी उनी भन्छिन्, ‘म पतिबाट भाग्न थालेकी थिएँ । चाँडै ओछ्यानमा पुगेर निदाउँथेँ, भोलिपल्ट उनी नबिउँझिदै उठथेँ ।’
उनलाई लाग्न थाल्यो, ‘श्रीमान्लाई माया गर्छु पनि तर किन भागिरहेकी छु यौन सम्बन्धबाट ?’लामो समय रिलेशनसिप रहेपछि यौनको इच्छा कम त हुन्छ तर यो त्यस्तो समस्या थिएन ।
३–४ जुनमा फैसला
मनोचिकित्सकका अनुसार यौन चाहनामा उतार–चढाव आउने कुरा सामान्य हो । महिलाको उमेर बढ्दै गर्दा यौन इच्छा घट्दै जान्छ ।कतिपय मनोचिकित्सक दिमागमा केमिकल्सको असन्तुलनले पनि यस्तो समस्या आउने बताउछन् ।तर, अब हराभरा उमेरमैँ सहवास मरुभूमिमा परिणत भएका महिलाहरुका लागि औषधि आउने भएको छ ।
अमेरिकी फुड एन्ड ड्रग एडमिनिष्ट्रेसन (एफडिए)ले आउदो जुन ३ र चारमा यही विषयका लागि सल्लाहकार समितिको बैठक बोलाएको छ । यही बैठकले तय गर्ने छ, ‘यस्तो अवस्थाका महिलाका लागि फ्लिबनसेरिन (फिमेल भियाग्रा) प्रयोग गर्न अनुमति दिने कि नाइँ ?’
किन हुन्छ यौन इच्छामा कमी ?
प्रश्न खडा भइरहेको छ– किन यौन इच्छा घट्छ र फ्लिबनसेरिनले यसमा कुन तरिकाले सहयोग पु¥याउला ? बढ्दो उमेरसँगै यौन इच्छा घट्ने कुरा महिलामा मात्रै होइन, पुरुषमा पनि हुन्छ । पुरुषका लागि बजारमा कति औषधि भएपनि महिलाका लागि छैन । यौनइच्छामा कमी वास्तवमा बैज्ञानिकका लागि पनि रहस्यमय छ । अहिले यसलाई मस्तिष्कको सर्किटसँग जोडेर हेर्न थालिएको छ । एउटा थ्यौरी बनाइएको छ,– हाइपो एक्टिभ सेक्सुअल डिजाएर डिसअर्डरको कारण दिमागको अघिल्लो भागको स्वीच अफ हुन नसक्नु हो ।
यसले दैनिक कामको याद गराउँछ । जस्तोः जब यौनका समयमा विजुलीको बिल, बर्थडे गिफ्ट, सकिएको चामल, घरको मरमत गराउने कुरा याद आउँछ, त्यसपछि यौनभावना कमजोर हुन्छ । विस्तारै यौन इच्छाकै कमी हुन्छ ।
जब पुरुषको यौन समस्याका लागि भियाग्राको प्रयोग हुन्छ भने महिलाका लागि पनि यस्तो औषधि बनाउन जरुरी भएको भन्दै बनाउनेको ताँती लाग्न थालेको छ । तर, यस्तो दवाइ बनाउनु पर्ने छ कि दिमागको सर्किटको उपचार होस्, स्त्रीको जनेन्द्रीयको होइन ।
यो दौडमा फ्लिबनसेरिन सबैभन्दा अगडि रहेको छ । यसलाई एन्टि–डिप्रेसेन्ट औषधिका रुपमा विकसित गरियो, त्यसले दिमागमा कुनै असर पारेन । तर, यसको क्लिनिकल ट्रायलमा सहभागी महिलामा साइड इफेक्ट देखियो । यो औषधि सेवन गर्ने महिलामा यौन चाहना बढेको पाइयो ।
औषधिले मस्तिष्कमा डोपामाइन, नोरा ड्रनालाइन र सेरोटनिनलाई सन्तुलिन गर्ने काम गर्छ । यसले सन्तुलन कायम गर्नुका साथै फेरि जुन कुराको कमी हुन्छ, त्यसको समेत पूरा गर्ने गर्छ । निर्माणकर्तामध्यका स्टीफन स्टाहल दावी गर्छन्, ‘सेक्सको समयमा महिलाको अघिल्लो दिमागको स्वीच अफ गरिदिन्छ । जसले दैनिक समस्या र कामका बारेमा याद दिलाउने गर्छ ।’यसलाई यौन इच्छाको कमी भएका महिलामा चाहना बढाउनका लागि बनाइएको बताइएको छ ।
प्रभावको अध्ययन
यसको ट्रायलमा महिलाहरुको औषधिको प्रयोगपछि यौन सम्बन्धमा सन्तुष्टि मिलेको बताएका छन् । तर, यौन इच्छा बढेको प्रमाणित नभएपछि एफडिएले सन् २०१० मा यसलाई खारेज गरिदिएको थियो । तर, पछिल्लो अध्ययनले महिलामा सेक्स चाहना बढाउने देखाएको छ । एचएसडीडीका लागि औषधिको नेतृत्व गरिरहेकी ‘इभन द स्कोर’की सुजन सकेनलान भन्छिन्, ‘समस्या यो हो कि तपाईँ यसलाई कसरी सुधार गर्न चाहनुहुन्छ । अमेरिकी महिला एक महिनामा ३ पल्ट सेक्स गर्छन् । यदि तीन पल्ट सेक्स गरेनन् भने औषधिको असर नभएको भन्न सकिन्छ ?’ ट्रायलका समयमा यो औषधिको प्रयोगले यौन इच्छा बढेको पाइएको छ । तर, कतिपय अवस्थामा साइड इफेक्ट देखिएको छ । अनिद्रा र चक्कर आउनेजस्ता समस्या आएका छन् । तर यौन इच्छा कम भएर पीडित बनेकाले यसलाई ठूलो समस्या मानेका छैनन् । उनीहरु ओछ्यान चिसो भएकाले यो समस्या झेल्न सकिने जिकिर गरेका छन् । कतिपयले आपसी सम्बन्ध, स्थिति र मुड यसका लागि महत्वपूर्ण भएकाले औषधि जरुरी नभएको बताएका छन् । -एजेन्सी