हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भगवान बुद्धका ‪९ सन्देश‬

buddha5

आधुनिक युगसँगै हामीहरू आफूलाई पनि आधुनिक ठान्ने गर्छौँ, तर के हाम्रो सोँच, विचार अनि नैतिकताले हाम्रो आधुनिकता झल्काउँछ? छैठौँ शताब्दीमा जन्मेर पनि बुद्धले आधुनिकतालाई चिनेका थिए, मानिसको जीवनको अर्थ र मूल्यलाई बुझेका थिए। हो, उनी राजदरबारमा जन्मिए, उनले चाहेको भए आफ्नो सारा जीवन राजविलासको भोगमा बिताउन सक्थे। तर उनले त्यसो गरेनन्, सुखै सुखमा बाँच्न पाउने मौकालाई त्यागेर उनले दुःखको पहिचान गर्न दरबार छाडे। कति हण्डर खाए, कति पीडा सहे अनि बल्ल उनले संसारको रितीलाई बुझे, दुःख र दुखाईलाई नजिकैबाट नियाले अनि एउटै ठाउँमा पनि मानिसको विचार र शैलीको भिन्नतालाई महशुस गरे।

अन्ततः यो संसारको रिती र थितीलाई बुझ्नको लागि, यो संसारको दुःख र पीडालाई चेतनामार्फत जरै देखि उखेल्नको लागि सिद्धार्थले ध्यान गरे, बुद्धत्व प्राप्त गरे, आफ्ना चेलाहरूलाई जीवनको अर्थ सिकाए र बुद्ध बने। धर्म के हो, कर्म के हो, मृत्यु के हो भन्ने बारे चेतना फैलाए। तर आजभोली ती सबै पाठहरू रूढ हुँदै आइसकेका छन्, आधुनिकताले शान्ति र अशान्तिको अर्थउल्ट्याइदिएको छ। शान्तिको ढोङ्ग ओढेर बसेका पुजारीहरू आज आफ्नो कर्तव्यबाट धेरै टाढा पुगिसकेका छन्।

अधिकारको नाममा तेरो र मेरो गर्ने गर्छन्, लोभ र लालसा नगर्नु भन्ने बुद्धका चेलाहरू आज “बुद्ध नेपालमा जन्मेका हुन्!” भन्दै नारा लगाउँछन्। हामी मानिस हौँ, हामीले हाम्रो जीवनको सुरुवात देखि नै केहि नयाँ रनौलो कुराहरू सिक्दै आइरहेका हुन्छौँ।

हरेक पाइलामा हामीले केहि कुरा सिकिरहेका हुन्छौँ। त्यसैले आधुनिकताको बाहनामा आफ्नो कर्तव्यबोध बिर्सेका आजभोलीका मानिसहरूले पनि वुद्धको जीवनबाट केहि पाठ सिक्नु जरुरी हुन्छ।

१. केही नयाँ सोँच लिनुहोस्

बुद्धले “आफ्नो बाटो आफै पत्ता लगाउ” भन्ने अवधारणालाई पछ्याएका थिए।उनले यो संसारको बारेमा ज्ञान पाउनको लागि विभिन्न उपायहरूको अभ्यास गरे, तर त्यसबाट केहि टुङ्गो नलागेपछि, उनले आफ्नै छुट्टै उपायको विकास गरेका थिए।

२. आफ्नो स्तरलाई परिवर्तन गर्नुहोस्

सबैलाई थाहा भएकै कुरा हो, बुद्ध जन्मिँदा उनी ‘बुद्ध’ थिएनन्। सिद्धार्थ गौतमको नामबाट राजकुमार भएर जन्मेका थिए, दरबारमै हुर्केका थिए, तैपनि उनले सबै कुरा त्यागेर सन्यासी बन्ने निर्णय गरे। एक आवाजको भरमा सबै सुःख आफ्नो सामुन्ने पाउन सक्ने सिद्धार्थले भिख माग्न थाले। उनले जीवनलाई हरेक कोणबाट परीक्षण गर्नथाले र सत्य कुरा पत्ता नलागेसम्म निरन्तर खोजमा लागिरहे।

३. सक्नुहुन्छ भने यात्रा गर्नुहोस्

संसारका अन्य कतिपय आध्यात्मिक महान् व्यक्तिहरू जस्तै बुद्धले पनि यात्रा गरे, धेरै भन्दा धेरै मानिसहरूसँगसम्बन्ध गाँसे। ज्ञानलाई बाँड्नुपर्छ भन्ने धारणालाई उनी विश्वास गर्दथे र उनले यस विश्वासलाई आदर्शको रूपमा मात्रै राखेनन्, त्यसैले त आज सारा संसारकै मानिसहरूले बुद्धलाई चिन्छन्,उनको ज्ञानलाई मनन गर्छन्।

४. परीक्षणको शक्तिलाई बुझ्नुहोस् 

सत्य  कुरा जान्नको लागि परिक्षण गर्नुपर्छ, परीक्षा लिनुपर्छ भन्ने कुरा बुद्धको जीवन र उनको प्राप्तिबाट सिक्न सकिन्छ। केवल सुनेको भरमा अगाडि नबढ्नुहोस्, आफूले पनि जाँच्नुहोस्, बुझ्नुहोस् अनि मात्र सत्यबोध हुनेछ।

५. योग्य र अयोग्यमा फरक

छुट्याउनुहोस्सि द्धार्थ सबै सम्पत्तीले युक्त थिए, उनको दरबार सारा सुःखले भरिभराउ थियो, तैपनि उनले सम्पत्ती र सुःख भन्दा बढी योग्य कुरा पत्ता लगाउने बाटो हिँडे। दरबारको सम्पत्ती त आउँछ जान्छ, तर सही ज्ञान र चेतना आफै आउँदैन, त्यसलाई त खोज्नुपर्छ भन्ने उनको धारणा थियो।

६. सद्भाव

गौतम बुद्धले आफ्ना चेलाहरूलाई सँधै प्रकृतिसँगको सद्भावको बारेमा ज्ञान दिने गर्दथे। किनकी उनले बुझेका थिए, प्रकृति नै आमा हुन्, प्रकृति नै भगवान हुन्। त्यसैले त आजका वातावरणविदहरूले उक्त सद्भावको कदर गर्दछन्।

७. धैर्य गर्नुहोस्

उनले भनेका थिए, “कर्म गर तर फलको आशा नगर!” विशेष गरी आजका युवाहरूले यो कुरालाई चिन्तन गर्नु जरुरी हुन्छ। केही उदेश्य हासिल गर्नको लागि कर्ममा जोड लगाउनुपर्छ र धैर्य भएर बस्नुपर्छ, यदि सही कर्म गरेका छौँ भने फल त अवश्य नै पाउनेछौँ ।

८. क्षमा गर्न सिक्नुहोस्

अरूलाई क्षमा गर्ने बानी र कलालाई सुधार्नुपर्ने कुरामा बुद्धले जोड दिएका थिए। क्षमा गर्ने बानीले दिमान शान्त हुनेछ। जसले रिस, राग र क्रोधलाई कम गर्छ। त्यसैले आफ्नो मनस्थितीलाई शुद्ध बनाउनुहोस् र शान्तिपूर्ण बाटो लम्किनुहोस्।

९. यो संसारको अस्थायी प्रकृतिलाई बुझ्नुहोस्

आफ्नो जीवनको उदाहरण मार्फत बुद्धले सबै कुराहरू अस्थायी हुन् भनेर पनि पुष्टि गरेका थिए। सबै भौतिक वस्तुको अन्त्य निश्चित छ। सुख र दुःख भनेको त उड्दै गरेको बादल हो, यसको कारणले मानिस हुनुको उदेश्य बिर्सिनुहुँदैन भनेर पनि उनले चेतना फैलाएका थिए। सिक्ने कुराहरू सिक्दै जानुपर्छ, तर आफ्नो बाटो आफै हिँड्नुपर्छ, अरूबाट त प्रेरणा लिने हो किनकी तपाईँको जीवनको अर्थलाई तपाईँले नै अर्थपूर्ण बनाउनुपर्ने हुन्छ। जीवनको पथमाहिँड्दा धेरै बाधाहरू आउन सक्छन्, पर्खालहरू आउन सक्छन्, तर हामीले हार खानुहुँदैन। अशान्ति, रिस, राग, क्रोध, मोह अनि लोभ भनेका त विकारहरू हुन्, यसको पक्षमा नलाग्दा नै शान्ति,माया, सद्भाव, सम्मान र सुखलाई चिन्न सकिन्छ। बुद्धका भनाइ पढ्न बुझ्नलाई होइन, जीवनमा लागु गर्न तयार हुनुपर्छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution