हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तन्नेरी सिध्याउने रोग

रबि शाक्य

-डा रवि शाक्य, मानसिकरोग विशेषज्ञ, पाटन हस्पिटल

बिरामी नं १

श्रद्धा (नाम परिवर्तन)२३ वर्षकी भइन् । पाँच वर्षअघि उनी एमबीबीएस पहिलो वर्षकी विद्यार्थी थिइन् । त्यही बेला उनमा अनौठो खाले समस्या देखापर्यो । होस्टेलमा बसेर अध्ययन गर्दै गरेकी श्रद्धाको समस्या सुनेर उनलाई यो ’फुस्किछ’ भनेर उडाउने धेरै थिए । उनलाई एक्लै कोठामा बस्दा पनि अचानक सिनियर केटा साथी तथा पुरुष शिक्षकहरू बोलेको आवाज सुनेको जस्तो लाग्न थाल्यो । किताब पढेर बसिरहेको अवस्थामा केटा साथीहरूले जिस्काइरहेको जस्तो लाग्ने हुन थाल्यो । कोठाको सिलिङ फ्यान चल्दा पनि केटा साथीहरू नै बोलेको जस्तो लाग्ने भयो । उनलाई कोठामा एक्लै हुँदा पनि केटाहरूले किन हाँसिरहेकी ? कसरी मस्केकी ? भनिरहेका र अश्लील गाली गरिरहेका अनौठो महसुस हुन थाल्यो ।
उनलाई आफ्ना संवेदनशील अंगबारे केटाहरूले जथाभाबी टीकाटिप्पणी गरेको भान हुन्थ्यो । जब साथीहरू भेट्िथन, श्रद्धा पहिला उनीहरूलाई ’मलाई तिमीहरूले किन जे मन लाग्छ त्यही भन्ने गरेको ?’ भनेर कराउँथिन् । उनका केटा साथीहरू चाहिँ उनलाई ’साइको’ भन्दै उडाउँथे । उनको समस्या बढ्दै गयो। उनले पढाइमा ध्यानै दिन सकिनन्। ट्वाइलेट जाँदा पनि कसैले हेरिरहेको जस्तो लाग्ने, ट्वाइलेटमा क्यामरा जडान गरेको छ कि जस्तो लाग्ने, दिसापिसाब गर्नका लागि कपडा खोल्न पनि नसक्ने जस्ता समस्या आइलाग्यो । महिनावारी हुँदा सरसफाइसमेत गर्न डराउन थालिन्। उनका सबै गतिविधि कलेजमा सँगै पढ्ने केटा तथा शिक्षकहरूले देखिरहेका छन् भन्ने दिमागमा आइरहनाले उनी झन्–झन् समस्यामा पर्न थालिन् ।
मेडिकलको स्टुडेन्ट भएको र कलेजमा मानसिक रोग विभाग पनि भएकाले उनको रोग पत्ता लगाउन खासै कठिन भएन । लक्षणका आधारमा उनलाई ‘सिजोफ्रेनिया’ नामक गम्भीर मानसिक रोग लागेको निक्र्याैलमा पुगियो । तर, उनको कलेजले उपचारमा सघाउनुको सट्टा उनलाई पढ्न नसक्ने भन्दै कलेज छोड्न बाध्य बनायो। उनी चिकित्सकहरूको माझमा पनि अपहेलित भइन् । सबैले ‘साइको’ भन्दै उनको खिल्ली उडाउन थाले । उनले विभिन्न अस्पताल र चिकित्सकसँग उपचार गराइन् तर उनको अवस्थामा सुधार आएन ।
सेवन गरेको औषधिको साइड इफेक्टका कारण उनले थप समस्या भोग्नुपर्यो । एक वर्षदेखि पाटन अस्पताल मानसिक रोग विभागमा उपचार गराइरहेकी श्रद्धाको स्वास्थ्य अवस्थामा अहिले निकै सुधार आएको छ । अस्पतालले उनलाई विद्युतीय कम्पन उपचार (इलेक्ट्रिकल सक थेरापी) गरिरहेको छ ।
बिरामी नं २
३८ वर्षीय सुमन (नाम परिवर्तन) एक सरकारी कार्यालयका लेखापाल हुन् । उनले जागिर खान थालेको १५ वर्ष भयो । विगत १० वर्षदेखि उनी पनि अनौठो समस्याले ग्रसित छन् । उनलाई आफूसँगै काम गर्ने अफिसका सबै स्टाफ उनीविरुद्ध लागेको जस्तो लाग्छ । सबै मिलेर भ्रष्टाचारमा फसाउन थालेको जस्तो लाग्छ । अफिसको हरहिसाब उनैले हेर्ने भएकाले उनी कसैलाई कुनै कागज छुनसमेत दिँदैनन् । हाकिमले हिसाबकिताबको फाइल माग्दा उनी निकै नै समस्यामा पर्छन् । फाइल हाकिमको टेबलमा राखेपछि उनको होस गुम भएजस्तो हुन्छ। उनी जे सोचिरहेका छन्, त्यो अरूले थाहा पाइसकेको जस्तो लाग्ने हुन्छ ।
अफिसको कामकाजमा कसैको पनि विश्वास नगर्ने, सबैसँग तर्केर हिँड्ने, अरूले मद्दत गर्न खोज्दा रिसाउने, बेलाबेलामा आक्रामक हुने जस्ता लक्षण सुमनमा थियो। सुमनकी श्रीमती अस्पतालको नर्स हुँदा पनि उनी उपचारका लागि अस्पताल आइपुग्न वर्षौं लाग्यो। रोग लागेको धेरै वर्षसम्म त उनको स्वभाव नै यस्तै होला भनेर सबै झुक्किए। जब उनकी श्रीमतीले आफ्नो श्रीमान्लाई मानसिक समस्या रहेको भेउ पाइन्, त्यसपछि उनको उपचार सुरु गराइन् । सुमनको पनि हालसालैबाट उपचार सुरु भएको छ। उपचार सुरु गरेपछि अरूमाथि शंका गर्ने उनको लक्षणमा निकै सुधार आएको छ। उनी अहिले अफिसको काम सहज ढंगले गर्न सक्ने भएका छन्।
बिरामी नं ३
झापाका २७ वर्षीय अमृत (नाम परिवर्तन) १४–१५ वर्षको उमेरदेखि नै घर छोडेर एक्लै बस्न थाले। सडकमा भौँतारिने, फोहर संकलन गरेर बोकेर हिँड्ने, सामान्य घटनालाई पनि विशेष अर्थ दिने उनी विभिन्न ठूला हस्तीहरूको आवाज सुनेको बताउने गर्थे। उनी विश्वका महान् वैज्ञानिक तथा दार्शनिकको नाम लिँदै ‘उनीहरूले मलाई तेस्रो विश्वयुद्धबाट संसारलाई तिमीले नै बचाउनुपर्छ भनेका छन्’ भन्दै अरूलाई सुनाउने गर्थे ।
यही क्रममा उनी चुरोट, रक्सी तथा गाँजाको कुलतमा पनि फसेका थिए । उनका अभिभावकले गाँजा र रक्सी खाएका कारण छोरा बिग्रिएको भन्दै रिह्याब सेन्टरमा लगे। रिह्याब सेन्टरले जबर्जस्ती नशा छुटाउने उपाय गर्दा उनको समस्या झनै बढ्यो। त्यसपछि उनलाई घरमा कहिले डोरीले बाँधेर त कहिले कोठामा थुनेर राख्न थालियो। उनको अहिले मानसिक उपचार सुरु गरिएको छ। उपचार सुरु गरेपछि उनी अहिले दोहोरो कुराकानी गर्न सक्ने भएका छन् भने उनको लक्षणमा पनि केही सुधार आएको छ ।
यि सिजोफ्रेनिया भन्ने रोगका लक्षण हुन् । सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो । खासगरी तन्नेरी यसबाट पीडित हुन्छन् । १५ देखि २५ वर्षका ऊर्जाशील युवायुवतीमा बढी देखिने यस रोगका कारण देशलाई नै अन्ततः ठूलो घाटा हुनेछ । राज्य नै मानसिक रोगीलाई सहयोग गर्न अग्रसर नहुने हो भने स्थिति झन् भयावह हुन सक्छ ।
यो यस्तो रोग हो जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन । बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ । ऊ अरूलाई शंका गर्न थाल्छ । साथीभाइको संगत छाड्छ र एक्लै बस्न रुचाउँछ । दैनिक काममा ध्यान दिँदैन । सफासुग्घर गर्न छाड्छ । घरबाट भाग्छ । जसले गर्दा कतिपय अवस्थामा यो रोग पत्ता नलाग्दै बिरामीले निकै क्षति बेहोरिसकेकोे हुन्छ । बिरामीले आत्महत्यासमेत गर्न सक्छ ।
पुरुषमा सरदर १० देखि २५ वर्ष र महिलामा २५ देखि ३५ वर्षभित्र सुरु हुने यो रोगले तन्नेरीलाई नराम्ररी सिध्याउने गर्छ ।केही नयाँ प्रयोग गर्न रुचाउने उमेरमा लक्षण देखा पर्ने भएका कारण धेरैले यो रोग लागेको अनुमान नै लगाउन सक्दैनन् । कोही निकै तेज विद्यार्थी छ र उसले केही अस्वाभाविक लक्षण देखायो भने धेरै पढेर यस्तो भएको भन्दै कम पढ्न सल्लाह दिने चलन पनि पाइन्छ । जसले गर्दा रोग छिप्पिँदै जाने र बिरामीको अवस्था थप बिग्रने हुन्छ ।
के हो सिजोफ्रेनिया ?
सिजो अर्थात् टुक्रिएको र फ्रेनिया अर्थात् मन । यी दुई ग्रीक शब्द मिलेर सिजोफ्रेनिया बनेको हो । धेरैलाई यो शब्दको अर्थ टुक्रिएको व्यक्तित्व भन्ने गलत धारणा रहेको छ ।
यो एक प्रकारको सोच्ने प्रक्रियामा हुने गम्भीर मानसिक रोग हो । सिजोफ्रेनियामा इन्द्रियका असाधारण महसुस, सोचविचारमा असाधारण भ्रम हुने गर्छन् । जसले गर्दा गलत भाव, मिजास, गतिविधि आदि हुने हुन्छ । यो रोग लागेकाले अनौठो व्यवहार गर्छन् । यो एक किसिमको साइकोसिस हो । रोगीले वास्तविकता र अवास्तविकता छुट्याउन नसक्ने हुन्छ। उपचार गर्दा पनि पूरा ठीक नहुने, प्रायः जिन्दगीभर लक्षणहरू आउने–जाने भइरहने आदि कारणले गर्दा यसका रोगीहरूले विश्वको आधी जस्तो मानसिक अस्पतालका शैया ओगटिरहेका हुन्छन् भन्ने गरिन्छ । यो रोग लागेकाहरू सम्भवतः सबैभन्दा बढी सामाजिक अपहेलना र दुर्व्यवहारका शिकार हुने गरेका छन् । सिजोफ्रेनिया के कारणले हुन्छ भन्ने तथ्य अहिलेसम्म पत्ता लागेको छैन ।

कसरी चिन्ने सिजोफ्रेनिया ?

सिजोफ्रेनियाका लक्षणहरू निकै व्यापक एवं थरीथरीका हुन्छन् । सिजोफ्रेनिया भन्नलाई सबै लक्षण हुन जरुरी हुँदैन । एकै रोगीको फरक समयमा भिन्नाभिन्नै लक्षण र एक रोगीको लक्षण अर्कोको भन्दा पूर्णतया भिन्न हुन पनि सक्छ । वास्तवमा विशेषज्ञहरू माझ सिजोफ्रेनिया एउटा मात्र रोग नभई अनेक रोगहरूको एक समूह भन्ने अवधारणा पनि छ ।

सिजोफ्रेनिया भएकाहरूको निद्रा एकदमै गडबड हुन्छ । जसका कारणले बिरामीले चुरोट, रक्सी र गाँजा जस्ता नशालु पदार्थको सेवन अत्यधिक मात्रामा गर्न थाल्छन् । जसले गर्दा रोगीमा देखिएका लक्षण नशा सेवन गरेर भएको भन्ने अनुमान प्रायः सबैले लगाउँछन् । त्यसपछि बिरामीलाई नशालु पदार्थको सेवनबाट छुटकारा गराउन विभिन्न उपाय गरिन्छ । तर, समस्या एकातिर समाधानको उपाय अर्कातिर खोज्दा बिरामीले निकै दुःख पाउने गरेका छन् ।
धेरै सिजोफ्रेनियाका बिरामीले आफूलाई के भएको हो भन्ने पत्ता लगाउन नसकेर नै दुःख पाउने गरेका छन् । बिरामीले त आफूलाई के भएको हो, त्यो सजिलै थाहा पाउने कुरा भएन । उसका अभिभावक पनि यो रोगसँग झुक्किन्छन् । कतिपय अवस्थामा चिकित्सकले पनि बिरामीमाथि विभिन्न किसिमका औषधि सेवन गराएर परीक्षणमात्र गरिरहेका हुन्छन् ।’

रोगपूर्वका संकेत

– बाल्यकालीन मौनता, निस्क्रियता र अन्तर्मुखी स्वभाव
– किशोरावस्थामा पनि सामाजिक अन्तरक्रियाभन्दा एक्लै रमाउने
– अमूर्त विषयः दर्शन, धर्म आदिमा अनौठो रुचि देखाउने
– दीर्घकालीन टाउको, ढाड, पेट दुखाइ
– कमजोर पाचन समस्या
– अनौठो मिजास, बोली–व्यवहार, सोचविचार आदि
रोगी अवस्थाका लक्षण
– अनुचित लवाइ, हाउभाउ, गतिविधि, मूर्तिझैँ उभिरहने, अकारण अस्थिरता आदि ।
– अनुचित रिस, खुशी, उदासी, डर, चिन्ता वा भावविहीनता ।
– असामान्य इन्द्रिय स्वचालनः वास्तवमा नभएका, अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने ।
– सिजोफ्रेनिया भएकाले प्रायः अवास्तविक ध्वनि सुन्ने गर्छन्। रोगीले आफूलाई गालीगलौज गरेको, उसको क्रियाकलापबारे अरूले कुरा गरेको आदि महसुस हुन्छ। कहिलेकाहीँ उनीहरू आफ्ना सोच फेरि प्रतिध्वनित भई सुन्ने पनि गर्छन् ।

 

-स्वास्थ्यखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution